Friday 19th April 2024

    पुजार सार्किको पहिलो गीत "दर्शन गरे" मा देखिए थ्रिस्टार    नेपालका ओझा द डेली ग्लोबल नेशनको अन्तरराष्ट्रिय शान्ती दूत नियुक्त    संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी

प्रचण्डले गरे विना आग्रह पुर्वाग्रह आत्मसमिक्ष गर्न आग्रह

Wednesday, June 29, 2022 National Power

काठमाडौं  – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेमा आफूहरुले बिउ रोपेर आएको र केही समयपछि त्यो फुल्ने र फल्ने बताएका छन् ।बुधबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले विगतमा एउटै पार्टी हुँदा एमाले पृष्ठभूमिका कतिपय साथीमा अग्रगमन, जनताको अधिकारको रक्षा लगायतका विषयमा वैचारिक रुपमा सचेत र जागरुक तुल्याएको जिकिर गरे ।

केपी ओली प्रवृत्तिको नेतृत्व नरहेको अवस्थामा एमालेमा रहेका ती कयौं ‘साथी’लाई समाजवादको यात्रातिर लैजान सकिने र उनीहरुसँग सहकार्य हुन सक्ने प्रचण्डको भनाइ थियो ।उनले माओवादीहरू एक हुनुपर्छ भन्नेमा जनताको तहबाट दबाब आएको पनि चर्चा गरे । उनले भने, ‘जनताको आवाजलाई नसुनेजस्तो गर्नु हुँदैन ।’ बिना आग्रह, बिना पूर्वाग्रह सबैलाई आत्मसमीक्षा गर्न आग्रह गर्दै उनले भने, ‘एक ठाउँमा सबै उभियौँ भने त्यो यस्तो भौतिक शक्ति हुनेछ, जसलाई कसैले रोक्नै सक्दैन ।’

माओवादीमात्र मिलेर हुन्छ भन्ने भ्रममा पनि नपर्न आग्रह गर्दै उनले सबै सच्चा कम्युनिस्टलाई एकीकृत र केन्द्रीकृत गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘माओवादी बाहिर पनि देशको स्वाधिनताका लागि लड्ने मान्छे छन् ।’ त्यस्ता मान्छे एमालेभित्र पनि रहेको उनको भनाइ थियो ।