असारको बीच अर्थात असार १५ गते सम्ममा धान रोप्न सक्नुपर्ने मान्यतासँगै यो दिन मनाउन सुरु गरिएको हो । ऐतिहासिक रुपमा हेर्ने हो भने नेवार समुदायमा भोजमा दही बिना भोज नै हुँदैन । गर्भावस्थामा, जन्मदिनको अवसरमा, भोजको अन्तिममा परिकारको रुपमा खाएर भोज समापन गर्न गरिन्छ । संस्कृतिविद धौभडेलका अनुसार, दही चिउरा जति मिठो अरु हुँदैन । असारमा माना रोपेर मुरी फलोस् भन्ने कामना लिएर धान रोप्न सुरु गरिन्छ । रोपाइको समयमा मरिमेटेर सबैले काम गर्ने गर्छन् । त्यसैले शरीरको आवश्यक शक्ति परिपूर्ति गर्ने खानाको रुपमा पनि दही चिउरालाई लिइन्छ ।
धान रोप्ने महिनामा माछा मासु खायो भने वर्षातको मौसममा माछा मासु पचाउन गाह्रो हुन्छ । प्रायः किसानका घरमा गाईभैंसी पालिएको हुन्छ । गाईभैंसीले दूध पनि बढी उत्पादन गरेको हुन्छ । त्यसैले यो समयमा घरमै भएको दूधबाट बनाइएका दही खाएर असारमा गाह्रो गरी गरेको कामका लागि शरीरलाई चाहिने आवश्यक तत्त्वको रुपमा दही चिउरालाई लिने धौभडेल बताउनुहुन्छ ।
दही चिउरा पौष्टिक आहार हो । दही र चिउराको सम्बन्ध नङ मासुको जस्तै हुन्छ । भगवानको पालादेखि खानाको रुपमा खीर खाने र खाजामा दही चिउरा खाने चलन रहँदै आएको छ । त्यसैले यसको प्रयोगले महत्त्व पाएको उहाँको भनाइ छ ।“नेपाल जस्तो कृषि प्रधान देशले आफ्नो देशको उत्पादनलाई राष्ट्रिय महत्त्व झल्काउने गर्छ,” संस्कृतिविद् धौभडेल भन्नुहुन्छ, “असार १५ वा धान दिवस हामी नेपालीहरु कृषिमा आत्मनिर्भरताको प्रमाण हो ।



काठमाण्डौं– बालबालिको नेपालकै सबभन्दा ठ्लो डान्स रियाल्टी शो नेशन्स गट ट्यालेन्ट (राष्ट्रको प्रतिभा) सिजन २ मा डोटीकी...
काठमाडौं। राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) ले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत खस आर्य समूहतर्फको बन्द सूचीमा...
काठमाडौँ – तेस्रो संस्करणको राष्ट्रिय आदिवासी संगीत एवम् चलचित्र अवार्ड २०८२ चलचित्र र गीत...
काठमाण्डौ – नायक तथा मोडल पुश्पल खड्का द्धारा अभिनित “प्यारी छोरी” बोलको गीत हिजो...
काठमाडौँ – अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिकलाई डिपोर्ट भएका छन् । अध्यागमन...
काठमाडौँ – चलचित्र विकास बोर्डले गत साताको बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको छ ।...