Tuesday 13th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

नवनियुक्त स्वास्थ्य मन्त्री खापुङद्वारा पदभार ग्रहण

Monday, June 27, 2022 National Power

काठमाडौं  – नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानी प्रसाद खापुङले पदभार ग्रहण गरेका छन् । सोमबार रामशाह पथस्थित स्वास्थ्य मन्त्रालयमा मन्त्री खापुङले पदभार ग्रहण गरेका हुन् । यसअघि स्वास्थ्यराज्य मन्त्री रहिसकेका नवनियुक्त मन्त्री खापुङले पदभार ग्रहण गर्दै दूर दराजमा सामान्य रोगको उपचार नपाएर, रोग पत्ता नलागेका र स्वास्थ्य संस्था नपुगेका रोगीको रोग पत्ता लगाउनका लागि स्वास्थ्य शिविरको व्यवस्था  गरिने नवनियुक्त मन्त्री खापुङले बताए ।

यस्तै, मन्त्री खापुङले ग्लोबल फण्डको कार्यक्रम सरकार आफैँले सञ्चालन गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पठाउने फाइलमा हस्ताक्षर समेत गरेका छन् । सन २०२४ देखि ग्लोबल फण्डको कार्यक्रम सञ्चालन गर्ने प्रस्ताव सो फाइलमा उल्लेख गरिएको छ । निवर्तमान स्वास्थ्य मन्त्री विरोध खतिवडाले पूर्व राज्यमन्त्री खापुङलाई जिम्मेवारी सुम्पिएका छन् ।