Tuesday 15th July 2025

    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न    Nepal's First Largest International Level Inclusive Music Award.

चर्चित गायक तथा संगीतकार कस्तुप पन्तको पहलमा एक करोड बजेट विनियोजन

Friday, June 24, 2022 National Power

काठमाडौं -चर्चित गायक तथा संगीतकार कस्तुप पन्तको पहलमा पर्वत फलेवासमा सडक निर्माणका लागि एक करोड बजेट विनियोजन भएको छ ।सांस्कृतिक संघका केन्द्रीय सदस्यसमेत रहेका पन्तले गत चैतमा सहरी विकासमन्त्री रामकुमारी झाँक्रीसमक्ष पर्वत फलेवास–७ लिमिठानाअन्तर्गत पर्ने खराचौर गाडाखोला कुमाले खराचौर हेल्थपोस्ट हुँदै बेर्नेट लिमिठाना मावि वडा कार्यालयसम्मको मोटरबाटो स्तरोन्नति गर्न पाँच करोड विनियोनन गरिदिन निवेदन दिएका थिए ।
पन्तको सो निवेदनपछि सहरी विकास मन्त्रालयले सडकको स्तरोन्नति गर्न एक करोड विनियोजन भएको हो । सरकारले सडक स्तरोन्नति गर्न एक करोड विनियोजन भएपछि फलेवासका स्थानीय खुसी भएका छन् ।उनीहरूले गायक तथा संगीतकार पन्तलाई धन्यवाद दिएका छन् । गायक पन्तले आफ्नो सानो प्रयासले गृहपालिकामा सडक स्तरोन्नतिका लागि बजेट पार्न पाएकोमा खुसी व्यक्त गरे । पन्त संगीतकर्मसँगै सामाजिक सेवामा पनि उत्तिकै सक्रिय रहेका छन् ।