Saturday 15th March 2025

    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न    ‘आयो रे आयो हाप्पी होली’ को भिडियो सार्वजनिक    महिला चलचित्र महोत्सव, महिला सशक्तिकरण समितिको पहलमा समापन

अफगानिस्तानमा भूकम्पमा परेर २ सय ५० जनाको ज्यान गयाे, कैयाैँ घाइते

Wednesday, June 22, 2022 National Power

अफगानिस्तान – अफगानिस्तानको पक्तिका प्रान्तमा गएको भूकम्पमा परेर २ सय ५० जनाको ज्यान गएको छ । कैयौँ नागरिक घाइते भएका छन् । मानिसको उद्धार र व्यवस्थापनको काम भैरहेको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार बिहान ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको हो । दक्षिणपूर्वी अफगानिस्तानको खोस्ट सहरबाट झण्डै ४४ किलोमिटर टाढा भूकम्पको केन्द्रबिन्दु रहेको छ । भूकम्पको गहिराइ ५१ किलोमिटर छ ।  यो भूकम्पको धक्का अफगानिस्तानसहित पाकिस्तान र भारतको पाँचसय किलोमिटर धेरै क्षेत्रमा महसुस गरिएको युरोपेली भूमध्यसागरीय भूकम्प विज्ञान केन्द्रलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

अफगानिस्तान सरकारका प्रवक्ता बिलाल करीमीले तत्काल उद्धार, राहत तथा थप प्रकोप रोक्नका लागि आवश्यक टोली परिचालन भएको बताउनुभएको छ ।