Tuesday 10th December 2024

    गढीमाई मेलामा दर्शनार्थीको घुइँचो    गायक नारायण थापाको “परिणाम नखोज तिमी” सार्बजनिक    पैसाको कमी र यौन असन्तुष्टीका कारण पति-पत्नीको सम्बन्ध कमजोर हुन्छन्    हैदरावादमा पुष्पा–२ को लाइभ कार्यक्रममा भागदौड, एक महिलाको मृत्यु    ‘नेपाल मानव–अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ९ देखि १२ डिसेम्बरमा काठमाडौँमा आयोजना हुँदै

चलचित्र र नाटकको लागि निश्चित मापदण्डको आधारमा अनुदान प्रदान गरिने छ : मेयर शाह

Monday, June 20, 2022 National Power

काठमाडौं -काठमाडौं महानगरपालिकाले नीति तथा कार्यक्रममा फिल्म, संगीत, नाटक र कलाको पक्षलाई पनि समेटेको छ ।आइतबार प्रस्तुत नीति तथा कार्यक्रममा मेयर बालेन्द्र साह (बालेन) ले काठमाडौं सहरलाई अन्तर्राष्ट्रिय चलचित्र, संगीत, कला र अन्य मनोरञ्जनका कार्यक्रम सञ्चालन गर्नको लागि ब्रान्डिङ गर्न सम्बद्ध निकायसँग सहकार्य गर्ने उल्लेख गरेका छन् ।

साथै महानगरपालिकाको संस्कृति, सम्पदा, पर्यटन र सभ्यताको प्रवर्द्धन गर्ने विषयका स्वदेशी तथा विदेशी चलचित्र र नाटकको लागि निश्चित मापदण्डको आधारमा अनुदान प्रदान गरिने पनि उल्लेख छ । आफ्नो चुनावी घोषणापत्रमा उल्लेखित एजेन्डालाई बालेनले नीति तथा कार्यक्रममा समेटेका हुन् । उपमेयर सुनिता डंगोलका केही एजेन्डालाई पनि उनले समेटेका छन् । कला क्षेत्रलाई प्रवर्द्धन गर्नको लागि काठमाडौं महानगर क्षेत्रभित्र डबलीको पुनर्स्थापना र एम्पी थिएटर निर्माण गर्ने डंगोलको योजना पनि नीति तथा कार्यक्रममा समावेश छ ।

र्‍याप गायकसमेत रहेका बालेनले नेपाली फिल्ममा लाग्दै आएको स्थानीय करमा २ प्रतिशत मिनाहा गर्नेसमेत योजना रहेको हालैको एक कार्यक्रममा बताएका थिए ।