Tuesday 28th March 2023

    सहकारीहरु नीति विधीमा चल्नुपर्छ : अध्यक्ष दिलिप शर्मा    नेपाल तरुण दल बनेपा नगर सभापति बैजु र माइला कान्छा मानवीय सहयोग समुहले गर्यो खाद्यान्न सहयोग    प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने ३ जना जेल चलान    कराते मास्टर्स मिट तथा ऐतिहाशिक साधारण सभा शुरु    ‘सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव हुने

“पिडा”को फिमेल भर्सनको भिडियो सार्वजनिक

Sunday, June 19, 2022 National Power

काठमाण्डौ – लोकप्रिय गीत ‘पिडा’को फिमेल भर्सनको भिडियो सार्वजनिक भएको छ । गायिका वर्षा दासको स्वर रहेको पिडालाई संचारकर्मी एवं संगीतकार सरोज कोईरालाले संगीत दिएका छन, भने यस अघिको मेल भर्सनका गायक भने स्वयं कोईरालानै रहेका थिए ।

गीतकार सिताराम कोइराला रचित पिंडामा फिमेल भर्सनमा समेत नायक एवं मोडल श्रीदेव भट्टराई तथा जेविका कार्कीको अभिनय रहेको छ ।

गीतको भिडियो ओएसआर डिजिटल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । राजेन्द्र बजगाईले संगीत संयोजन गरेको गीतको म्युजिक भिडियोमा श्रीदेव भट्टराई र जेबिका कार्कीेले अभिनय गरेका छन् । श्रीदेव र जेबिकाको यो दोश्रो सहकार्यमा जोडी उत्कृष्ट देखिन्छ ।

भिडियोको निर्देशन ऋषि बराल ‘श्रीजन’ ले गरेका हुन् । श्रीमान श्रीमतिको सम्बन्ध, माया प्रेम, वैदेशिक रोजगारीका कारण छुट्टिनु पर्दाको पीडा र उत्तराद्र्धमा श्रीमानको मृत्युको पिडा भोग्नुपर्ने दुःखलाई ग्रामीण परिवेशको कथामा श्रीजनले उत्कृष्ट तवरले प्रस्तुत गरेका छन् । सन्तोष तिमिल्सिनाले म्युजिक भिडियोको छायाङ्कन गरेका हुन् ।

सहायक निर्देशन सागर श्रेष्ठले गरेका हुन भने कलाकारको मेकअप कविन खड्काले गरेका हुन् । गीतको प्रोडक्सनको जिम्मेवारी नविन विष्टले पूरा गरेका हुन् ।