Saturday 13th December 2025

    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट

“पिडा”को फिमेल भर्सनको भिडियो सार्वजनिक

Sunday, June 19, 2022 National Power

काठमाण्डौ – लोकप्रिय गीत ‘पिडा’को फिमेल भर्सनको भिडियो सार्वजनिक भएको छ । गायिका वर्षा दासको स्वर रहेको पिडालाई संचारकर्मी एवं संगीतकार सरोज कोईरालाले संगीत दिएका छन, भने यस अघिको मेल भर्सनका गायक भने स्वयं कोईरालानै रहेका थिए ।

गीतकार सिताराम कोइराला रचित पिंडामा फिमेल भर्सनमा समेत नायक एवं मोडल श्रीदेव भट्टराई तथा जेविका कार्कीको अभिनय रहेको छ ।

गीतको भिडियो ओएसआर डिजिटल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । राजेन्द्र बजगाईले संगीत संयोजन गरेको गीतको म्युजिक भिडियोमा श्रीदेव भट्टराई र जेबिका कार्कीेले अभिनय गरेका छन् । श्रीदेव र जेबिकाको यो दोश्रो सहकार्यमा जोडी उत्कृष्ट देखिन्छ ।

भिडियोको निर्देशन ऋषि बराल ‘श्रीजन’ ले गरेका हुन् । श्रीमान श्रीमतिको सम्बन्ध, माया प्रेम, वैदेशिक रोजगारीका कारण छुट्टिनु पर्दाको पीडा र उत्तराद्र्धमा श्रीमानको मृत्युको पिडा भोग्नुपर्ने दुःखलाई ग्रामीण परिवेशको कथामा श्रीजनले उत्कृष्ट तवरले प्रस्तुत गरेका छन् । सन्तोष तिमिल्सिनाले म्युजिक भिडियोको छायाङ्कन गरेका हुन् ।

सहायक निर्देशन सागर श्रेष्ठले गरेका हुन भने कलाकारको मेकअप कविन खड्काले गरेका हुन् । गीतको प्रोडक्सनको जिम्मेवारी नविन विष्टले पूरा गरेका हुन् ।