Monday 7th October 2024

    एक्सन किङ् नायक शिव श्रेष्ठलाई नेपालको पहिलो अन्तर्राष्ट्रिय स्टारको उपाधि    ‘कन्हैयाले कनिशालाई लाङटाङ घुम्न जाउँ भन्दा... (भिडियो सहित)    स्याटद्धारा दशैं शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रमको आयोजना    युकेवासी नेपालीले रुचाए काँडेतार    लिम्बू सचेतनामुलक भिडियो ‘मिघम्ब’को सार्बजनिक

सहकारी अभियानको एकता सन्देश दिन जिल्लामा व्यवस्थापन प्रमुखहरुको गोष्ठी

Saturday, June 11, 2022 National Power

 

काभ्रेपलाञ्चोक जिल्ला सहकारी संस्थाहरु धेरै रहेको जिल्ला भित्र पर्दछ । जिल्ला सहकारी संघ लि. ले यहि २०७९ साल असार ५ र ६ गते २ दिने जिल्लामा रहेका सबै प्कृतिका सहकारी संस्थाहरुका व्यवस्थापन प्रमुखहरुलाई एकै स्थानमा जम्मा गरी गोष्ठीको आयोजना गर्दैछ । सम्भवत यस्ता खालका कायृक्रम आयोजना गर्ने जिल्ला सहकारी संघहर मध्ये काभ्रेको जिल्ल सहकारी संघ एक्लो हो । संघ २०२४ सालमा स्थापना भएपनि स्थापनाको ५५ बर्ष हुँदा जिल्लाभर एकताको सन्देस दिने गरी कायृक्रम सञ्चालन गर्न लागिएको जानकारी गराउनुहुन्छ जिल्ला सहकारी संघ लि. का अध्यक्ष दिलिप शर्मा । बढ्दो सहरीकरण, सहकारी संस्थाको दर्ता अनि आबद्ध शेयर सदस्यहरुमा सेवा तथा जिम्मेवारी सहकारीका मूल्य, मान्यता, दर्शनमा आधारित भई प्रविधि, विधि र नीतिमा आधारित हुनुपर्दछ भन्ने सोचाईका साथ जिल्लालाई सहकारी अभियानमा लाग्ने जो कोहिले जिल्लाको सन्देश नेपालभर फैलाउनु पर्दछ भन्ने सन्देस दिन चाहेको बताउनुहुन्छ संघका अध्यक्ष शर्मा ।
गोष्ठमा ८ वटा जल्दाबल्दा बिषयवस्तुहरु समेटिएर सहकारी क्षेत्रमा लामो अनुभव हासिल गरिसक्नुभएका बिज्ञहरुद्धारा कार्यपत्र प्रस्तुत हुनेछन् जसबाट हाल सहकारी षेत्रमा तत्काल उठेका र जान्नु पर्ने धेरै बिषयहरु हुनेछन् । १३ वटै पालिकामा रहेका सहकारी संस्थाहरु मध्ये पहिलो पटक १२० जना व्यवस्थापन प्रमुखहरका लागि यो कार्यक्रम आयोजना गरिएको हो । संस्थामा शुसासन, जवाफदेहिता, पारदर्शिता अनि जिम्मेवारीको बोध गराई व्यवस्थित रुपमा व्यवस्थापन गरी संगठनात्मक पद्धती अनुरुप संस्था सञ्चालन गर्न यस्ता कार्यक्रमले सहयोग पुर्याउने गर्दछ । यो एउटा दिनभर संस्थाको भलाईको लागि राती अबेर सम्म काम गर्ने संस्थालाई एउटा विधि र पद्धतीमा ल्याउन अनबरत रुपमा काम गर्ने कर्मचारहिरुका लागि रिफ्रेस गर्ने र एक अर्कामा परिचित हुने अनुभव आदान प्रदान गर्ने थलो समेत भएकाले सहभागिताका लागि अपेक्षा गरिएको भन्दा निकै चासो सहकारी अभियानबाट आएको बताउनुहुन्छ संघका प्मुख कायृकारी अधिकृत ज्ञानेन्द्र दाहाल । जिल्लामा रहेका सबै अभियानहरुसँग सहयोग हुँदै आएको र अभियानकर्मीहरुसँग पनि छलफल गर्दै कार्यक्रम सम्पन्न गरिनेछ र जिल्लाको प्रतिष्ठासँग समेत जोडिएको हुँदा सबै खालका संस्था र संघहरुको साथ र सहयोग रहेको यो गोष्ठीले नेपालको सहकारी अभियानमा उत्कृष्ठ सन्देश दिने कुरामा ढुक्क रहेको दाबि गर्नुहुन्छ जिल्ला सहकारी संघ लि. का अध्यक्ष दिलिप शर्मा ।