Sunday 11th May 2025

    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक    १२ औं म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक    कला, संघर्ष र सपनाको संगम- मोडल तथा डान्सर श्री स्वस्थानी तामाङको प्रेरणादायी यात्रा

`ए माया´ भन्दै आए जीवन परिवेश

Saturday, June 11, 2022 National Power

काभ्रेपलान्चोक – नव गायक जीवन परिवेशको आवाजमा ए माया बोलको गीत सार्वजनिक भएको छ । गजलकार सुमन स्मारिकाको शब्द र दीपकराज विश्वकर्माको संगीतमा सजिएको उक्त गीतमा चर्चित संचारकर्मी नरेश भट्टराई तथा मोडल उषा उप्रेतीको रोमान्टिक अभिनय देख्न सकिन्छ ।

थुप्रै गीतहरुमा आवाज दिई सकेका गायक परिवेशको यो पहिलो आधिकारिक गीत हो । गीतको भिडियो लाई निशल पौडेलले छायांकन गरेका हुन्। कपुरी क मोसन पिक्चर्शको ब्यानरमा निर्माण भएको यस गीत लाई युबराज वाइबाले भिडियो निर्देशन गरेका हुन्। गितको सह निर्देशन सुजन खतिवडाले गरेका हुन् । भिडियो मेक अप आर्टिस्ट कविन खड्का हुन भने विकास दाहालले गित लाई सम्पादन गरेका हुन् ।

“राम्रो हुन सृनगार पटार गर्नु पर्दैन, सकारात्मक सोचाइ र दृष्टिकोण भएको मान्छे यसै राम्रो हुन्छ” गीतले यस्तै भाव बोकेको छ । बनेपा नगरपालिका ९ स्थायी बसोबास गर्ने गायक परिवेश पेशाले एक व्यवसायी पनि हुन् । यस गीत लाई ‘जीवन परिवेश अफिसियल युट्युब च्यानल’ मार्फत हेर्न सकिन्छ ।