Friday 13th June 2025

    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न    "दुःख सुनाएर के काम ?" गीत सार्वजनिक

‘जुनियर मिस्टर एण्ड मिस ईटहरी’को लागि आवेदन खुल्ला

Wednesday, June 8, 2022 Devil Singh Rajput

काठमाडौँ —  ड्रीम मोडलिङ एजेन्सीको आयोजनामा बालबालिका केन्द्रित सौन्दर्य प्रतियोगिता ‘जुनियर मिस्टर एण्ड मिस ईटहरी’को लागि आवेदन खुल्ला भएको छ । ईटहरीमा सम्पन्न हुने प्रतियोगितामा भाग लिन चाहने ईच्छुक प्रतिस्पर्धी ७ देखि १४ वर्ष उमेर समूहको हुनुपर्ने छ। बालबालिकाहरुको अन्तर्निहित क्षमतालाई उजागर गर्दै स्थानिय कला, सँस्कृति तथा भेषभुषाको संरक्षण तथा प्रबद्र्धन गर्ने उद्देश्यले आयोजित उक्त प्रतियोगीताको अन्तिम छनौट प्रकृया यहि जेष्ठ २१ र २८ गते हुने आयोजक सौरभमान भण्डारीले जनाएका छन। अडिसनमार्फत छनोट हुने प्रतिस्पर्धीहरुलाई करिव एक महिना लामो विशेष प्रशिक्षण प्रदान गरिने छ । जसमा प्रतिस्पर्धिहरुलाई नेपालका ख्यातिप्राप्त ट्रेनर, कोरियोग्राफरबाट मोडलिङसम्वन्धी ज्ञान तथा प्रशिक्षण दिइनेछ । उनीहरुको शैक्षिक विकास , व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि साथै उनीहरुको आन्तरीक क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको विकास गराई एक शिक्षित व्यक्तिको रुपमा अगाडि आउन सहयोग गर्ने हेतुले कार्यक्रमको आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ।