काठमाडौं । नागरिक आवाज संस्थाको आयोजनामा बेल्ट ग्रेडिङ (पेटी परीक्षा) कार्यक्रम सम्पन्न भएको छ । शनिबार काठमाडौंको चाबहिलमा सम्पन्न ग्रेडिङमा १९ प्रशिक्षार्थी सहभागी थिए ।
त्यस मध्ये ९ जना ओरेन्ज बेल्ट र १० जना यल्लो बेल्टमा पदोन्नती भएको संस्थाका सदस्य श्रेय श्रेष्ठले जानकारी दिईन् । उनीहरुलाई प्रमुख कराते प्रशिक्षक दिपक श्रेष्ठ, वरिष्ठ प्रशिक्षक सुनिता श्रेष्ठ, नागरिक आवाजकी अध्यक्ष रिता राना मगर लगायतले बेल्ट हस्तान्तरण गरेका थिए । साथै, उनीहरुलाई टि -सर्ट र केही उपहार समेत प्रदान गरिएको थियो ।
कार्यक्रममा कराते प्रशिक्षक दिपेश थापाले ग्रेडिङ सञ्चालन गरेका थिए । तेक्वान्दोका प्रशिक्षकले खेलाडीको शारीरिक अवस्था, कला र मौखिक परीक्षामा सफल भएका खेलाडीलाई ग्रेडिङ दिइन्छ।
प्रशिक्षक श्रेष्ठले हालसम्म संस्थाले गरेको कामहरुको प्रशंसा गर्दै आगामी दिनमा बालबालिहरुका लागि प्रशिक्षण मात्रै नभएर प्रतियोगिता नै संचालन गर्नुपर्ने बताए । मानव स्वास्थ्यको मुख्य मेरुदण्ड खेलकुद क्षेत्रलाई देशको समृद्धिसंग जोडेर लैजानु पर्ने उनको भनाई छ ।
हुनत, महिलाहरु कमजोर भएकै कारण हिंसा वा बलात्कार हुन्छ भन्ने मान्यता स्थापित हुने गरी तालिमहरु सञ्चालन गर्न हुदैन । तर, महिला हिंसाका घटनाहरु बढ्दै गएपछि महिलाहरुलाई आत्मरक्षा तालिम समेत दिन आवश्यक छ । बालबालिकाहरुलाई शिक्षाका साथै खेलकुद समेत आवश्यक रहेकोले आत्मरक्षा तालिमले उनीहरुको आत्मविश्वास बढ्ने बताउँदै नागरिक आवाजकी अध्यक्ष थापाले सिकेका कुराहरुलाई सहि सदुपयोग गर्न बालबालिकाहरुलाई अनुरोध गरिन् । यस खेलप्रति बालबालिकाहरुको अभिरूचि बढाउने र नयाँ खेलाडी उत्पादन गर्ने संस्थाको उद्देश्य छ ।
बालिका र किशोरीहरुलाई सानै उमेरदेखि यस्ता खालका तालिमहरु प्रदान गर्दा उनीहरुले आफूमाथि आक्रमण भए कसरी प्रतिरक्षा गर्ने, दिनदिनै बढेका हिंसा र बलात्कारका घटनाबाट कसरी जोगिने भन्ने कुराहरु पनि सिक्दै जाने अध्यक्ष थापाको भनाई छ । नागरिक आवाजले समुदायमा गएर आ–आफ्नो क्षेत्रका बालिका, किशोरी तथा महिलालाई विभिन्न प्रकारका प्रशिक्षणहरु समेत दिने गरेका छन् । आफ्नो एक्लो प्रयासले मात्र सबै कुरा सम्बभ नभएकाले विभिन्न संघसंस्था, सुरक्षा निकाय र स्थानीय सरकारले पनि यस अभियानलाई साथ दिनुपर्ने उनीहरु बताउँछन् ।
कार्यक्रममा वडा नम्बर ७ का समाज सेवक कृष्णमणी भट्टराई, सल्लाहकार ईश्वर काफ्ले, सिफल स्पोर्टस एकेडेमीकी चीफ कोच शिला खड्की, बागमती प्रदेश खेलकुद समितिका सदस्य एवमं रेसलर हिक्मत थपलिया, समाजसेवी बिन्दु पन्थ लगायतको उपस्थिति रहेको थियो ।
तिन वर्ष देखि संचालीत उक्त संस्थाले महिलाहरुक लागि क्षमता अभिवृद्धि, काउन्सिलिङका साथै विपन्न परिवारका बालबालिकाहरुका लागि विद्यालय खर्च समेत दिने गरेको छ ।
– ग्लोबल खबर बाट साभार