Saturday 20th April 2024

    पुजार सार्किको पहिलो गीत "दर्शन गरे" मा देखिए थ्रिस्टार    नेपालका ओझा द डेली ग्लोबल नेशनको अन्तरराष्ट्रिय शान्ती दूत नियुक्त    संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी

औषधिजन्य जडिबुटीको खेती गर्न दिइने

Sunday, May 29, 2022 National Power

काठमाडौँ — सरकारको स्वीकृतिमा औषधिजन्य जडिबुटीको खेती, प्रशोधन एवं निर्यातको बाटो खुल्ला भएको छ । आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले जडीबुटी खेती र निर्यातको व्यवस्था मिलाइएको जानकारी दिएका हुन् ।

‘जडिबुटीको विशेषता र उपलब्धताको आधारमा प्रदेशमा जडिबुटी प्रशोधन उद्योग स्थापना गरिने छ,’ बजेट प्रस्तुत गर्दै शर्माले भने, ‘सरकारको स्वीकृतिमा सबै किसिमका औषधिजन्य जडिबुटीको खेती गरी प्रशोधन एवं निर्यात गर्न आवश्यक व्यवस्था मिलाइने छ ।’

त्यस्तै अर्थमन्त्री शर्माले पहाडी र हिमाली जिल्लामा पाइने बहुमूल्य एवं बहुउपयोगी जडिबुटीका लागि प्रोत्साहन गरिने बताए । सुदूरपश्चिमको अत्तरिया र कर्णालीको सुर्खेतमा जडिबुटी प्रशोधन केन्द्र स्थापना र जडिबुटी खेतीको बिमा गरिने अर्थमन्त्री शर्माले जानकारी दिए ।