Tuesday 13th May 2025

    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक    १२ औं म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक    कला, संघर्ष र सपनाको संगम- मोडल तथा डान्सर श्री स्वस्थानी तामाङको प्रेरणादायी यात्रा

केपी शर्मा ओलीको झण्डै तीन घण्टा संसदलाई सम्बोधन

Thursday, May 26, 2022 National Power

काठमाडौं-पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झण्डै तीन घण्टा संसदलाई सम्बोधन गरेका छन् । सरकारको बजेटको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्न रोस्टममा उभिएका ओलीले अधिकांश समय पाँच दलीय गठबन्धन सरकारको विरोध गर्न खर्चिएका छन् । चुनावमा धाँधली, बम पड्काएर प्रमुख प्रतिपक्षी एमालेलाई निषेध गरेर चुनाव जितेकोदेखि सरकारले दण्डहीनताको राजनीति चलाएको समेत ओलीले आरोप लगाए ।

सो अवसरमा ओलीले पार्टी विभाजनको आरोप लगाउँदै ऐन विपरित सरकारले अध्यादेश ल्याएर सभामुख समेत लागेर एमाले विभाजन गरेको आरोप लगाए ।आगामी आर्थिक वर्ष २०७९र८० को बजेटको नीति तथा कार्यक्रम ल्याएको सरकारले विना लक्ष्य र गन्तव्यको जेरी जस्तो भएको टिप्पणी गरे । सरकारको नीति तथा कार्यक्रम आशै आशको पुलिन्दा भएको आरोप लगाए । सोही अवसरमा ओलीले तथ्याङ्क नभएर मिथ्याङ्क प्रस्तुत गरेको समेत आरोप लगाए ।