Tuesday 17th June 2025

    शिव श्रेष्ठ फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न

काठमाडौँको तारकेश्वर नगरपालिकाको प्रमुख र उपप्रमुखमा काँग्रेस

Wednesday, May 18, 2022 National Power

काठमाडौँ  -काठमाडौँ को तारकेश्वर नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसले विजय हासिल गरेको छ । स्थानीय तहको वैशाख ३० गते सम्पन्न मतदानको आज बिहान सम्पन्न मतगणनामा काँग्रेसका उम्मेदवार कृष्णहरि महर्जनले ११ हजार २२३ मत ल्याएर विजय भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार रामेश्वर बोहोराले सात हजार ३५९ मत प्राप्त गर्नुभएको सो नगरपालिकाका निर्वाचन अधिकृत चपला पोखरेलले जानकारी दिए। यस्तै नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार लवकुमार बस्नेतले दुई हजार २०६ मत प्राप्त गरेका छन् ।

यस्तै उपप्रमुखमा काँग्रेसकै उम्मेदवार सिर्जना बुर्लाकोटीले १० हजार २२४ मत प्राप्त गरी विजयी भएकी छन् । उनको निकटतम् प्रतिद्वन्द्वी  एमालेका उम्मेदवार भवानी डोटेलले सात हजार ५६३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत पोखरेलले बताए ।

यस्तै उपप्रमुखमा माओवादीका उम्मेदवारले दुई हजार ६९५ मत प्राप्त गरेका छन् । कूल ११ वडा रहेको तारकेश्वरमा ३५ हजार ८२ मतदाता रहेकामा २६ हजार ७०२ मत खसेको थियो । खसेको मतमध्ये प्रमुख पदमा दुई हजार ४१० र उपप्रमुख पदमा दुई हजार ९६३ मत बदर भएको निर्वाचन अधिकृत पोखरेलले बताए ।

नगर प्रमुख – कृष्णहरि महर्जन
नगर उपप्रमुख– सृजना बुर्लाकोटि

वडा न. १ नेकपा एमाले
वडा अध्यक्ष – बिदुर सापकोटा
वडासदस्य– लक्ष्मी श्रेष्ठ
वडासदस्य– सम्झना मिजार
वडासदस्य – बिमल तामाङ
वडासदस्य – अच्युतराज कुवर

वडा न. २ नेपाली काङ्ग्रेस
वडा अध्यक्ष –  राधाकृष्ण खड्गी
वडासदस्य  –  उर्मिला अधिकारी
वडासदस्य   – गीता जैरु
वडासदस्य  – विशाल लामा
वडासदस्य  – किशोर भण्डारी

वडा न. ३ नेपाली काङ्ग्रेस
वडा अध्यक्ष –   परशुराम अर्याल
वडासदस्य  –रिता अर्याल
वडासदस्य –  मिरा परियार
वडासदस्य – उद्धव अर्याल
वडासदस्य –  शुक्र बहादुर तामाङ

वडा न. ४ नेकपा एमाल
वडा अध्यक्ष –   नरेन्द्रदास श्रेष्ठ
वडासदस्य  – बिन्दु थापा सापकोटा
वडासदस्य –  आसिया बि क
वडासदस्य – श्रीकृष्ण  महर्जन
वडासदस्य –  अर्जुन घिमिरे

वडा न. ५ नेपाली काङ्ग्रेस
वडासदस्य  –  शम्भु  फुयाल
वडासदस्य –  रामकुमारी दाहाल
वडासदस्य – सावित्री गुइदेल
वडासदस्य –  अनन्तमणि  आचर्य
वडासदस्य –  जयराम अर्याल

वडा न. ६ नेपाली काङ्ग्रेस
वडा अध्यक्ष –घनश्याम श्रेष्ठ
वडासदस्य – अन्जु बस्नेत
वडासदस्य –सविना नेपालि
वडासदस्य– मुक्तिनाथ गुरागाईं
वडासदस्य– रामचन्द्र घिमिरे

वडा न. ७ नेपाली काङ्ग्रेस
वडा अध्यक्ष – सानू काजी खत्री
वडासदस्य – अप्सरा खड्का
वडासदस्य –चन्द्र्माया सुनार
वडासदस्य– दिनेश प्रधान
वडासदस्य– रघुनाथ ढकाल

वडा न. ८ नेपाली काङ्ग्रेस
वडा अध्यक्ष – श्यामकृष्ण सापकोटा
वडासदस्य – महालक्ष्मी काफ्ले
वडासदस्य – लक्ष्मी परियार
वडासदस्य– मोहन खत्री
वडासदस्य– सुधिर घिमिरे

वडा न. ९ नेकपा एमाल
वडा अध्यक्ष – श्यामकृष्ण महर्जन
वडासदस्य – लक्ष्मी अधिकारि
वडासदस्य – निर्मला मग्राति
वडासदस्य– उज्ज्वल अधिकारी
वडासदस्य– श्याम कृष्ण महर्जन

वडा न. १० नेपाली काङ्ग्रेस
वडा अध्यक्ष – कुमार  राइ
वडासदस्य – शान्ता थपलिया
वडासदस्य –  रत्न परियार
वडासदस्य–  बाबुराम पौडेल
वडासदस्य– विक्रम  महर्जन

वडा न. ११ नेपाली काङ्ग्रेस
वडा अध्यक्ष – कविराज बस्नेत
वडासदस्य – मिरा थापा
वडासदस्य – लिला देवि बराइली
वडासदस्य– जगन्नाथ घिमिरे
वडासदस्य– विनोद घले