Saturday 13th December 2025

    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट

स्थानीय तह निर्वाचन : विजयी जुलुसमा जाँदा सात जनाको मृत्यु

Monday, May 16, 2022 National Power

देशका विभिन्न ठाउँमा भएको दुर्घटनामा सात जनाको मृत्यु भएको छ । आइतबार साँझ र सोमबार भएको दुर्घटनामा सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार स्थानीय तहको निर्वाचनमा विजयी भएका उम्मेदवारलाई जितको खुसीयालीमा शुभकामना दिन गइरहेकाको मोटरसाइकल दुर्घटना हुँदा, विजयउत्सव मनाउन जाँदा गुडिरहेको गाडी बिजुलीको तारमा ठोक्किएर करेन्ट लाग्दा र विजयी जुलुसका लागि मान्छे लिन गइरहेको जीप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको हो ।

आइतबार राति जितको खुसीयालीमा बधाई दिन हिँडेका दुईजनाको रसुवामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा उत्तरगया गाउँपालिका–१ का ४० वर्षीय राम तामाङ र नुवाकोट जिल्ला विदुर नगरपालिका–१० को ४३ वर्षीया पम्फा तामाङको निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता विष्णुप्रदीप बस्यालले बताए । उनीहरु स्थानीय निर्वाचनमा उत्तरगया गाउँपालिका–४ का विजयी वडाध्यक्षको आफन्त भएकाले बधाई दिन जाने क्रममा दुर्घटनामा परी मृत्यु प्रहरीले जनाएको छ ।