काठमाडौँ — आइतबार बिहान सवा १० बजेसम्म ६ सय २५ स्थानीय तहमा मतगणना जारी रहेको छ । काठमाडौं, ललितपुर, भरतपुर, विराटनगर, वीरगञ्ज र पोखरा गरी सबै महानगरमा मतगणना जारी रहेको छ । त्यस्तै, ११ वटै उपमहानगरपालिकामा पनि मतगणना भइरहेको छ । पछिल्लो मतगणना अपडेटअनुसार नेपाली कांग्रेसले पालिका प्रमुख÷अध्यक्षमा २ सय ३६ स्थानीय तहमा अग्रता लिइरहेको छ । कांग्रेसलाई एमालेले प्रमुख÷अध्यक्षमा १ सय ८३ स्थानीय तहमा अग्रता लिएर पछ्याइरहेको छ भने माओवादी केन्द्र तेस्रो स्थानमा देखिएको छ । माओवादीले प्रमुख÷अध्यक्षमा १ सय ८ स्थानीय तहमा अग्रता लिएको छ ।
चौथो स्थानमा जनता समाजवादी पार्टी रहेको छ । उसले १५ स्थानीय तहका अध्यक्ष÷प्रमुखमा अग्रता बनाएको छ । एकीकृत समाजवादी पार्टीले भने ११ स्थानीय तहका प्रमुख÷अध्यक्षमा अग्रता लिएको छ । लोकतान्त्रिक समाजवादी पार्टीले ४ स्थानीय तहका प्रमुख÷अध्यक्षमा अग्रता लिइरहेको छ । स्वतन्त्र र अन्य राजनीतिक दलले २७ स्थानीय तहका प्रमुख÷अध्यक्षमा अग्रता बनाएका छन् ।उपप्रमुख÷उपाध्यक्षमध्ये पनि कांग्रेसले अग्रता लिइरहेको छ । कांग्रेसले २ सय १६ स्थानीय तहका उपप्रमुख÷उपाध्यक्षमा अग्रता लिएको छ । उपप्रमुख÷उपाध्यक्षमा अग्रता लिने दोस्रो स्थानमा एमाले रहेको छ । एमालेले १ सय ६७ स्थानीय तहका उपप्रमुख÷उपाध्यक्षमा अग्रता लिएको छ । त्यस्तै, नेकपा (माओवादी केन्द्र) १ सय ८ स्थानीय तहका उपप्रमुख÷उपाध्यक्षमा अग्रता लिइरहेको छ ।
एकीकृत समाजवादीले १५, जसपाले १५, लोसपाले ३ र अन्य तथा स्वतन्त्रले २२ स्थानीय तहका उपप्रमुख÷उपाध्यक्षमा अग्रता लिएका छन् । हालसम्म २० स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ । जसमध्ये अग्रस्थानमा एमाले रहेको छ । एमालेले ८ स्थानीय तहका प्रमुख÷अध्यक्षमा जित हासिल गरेको छ । त्यस्तै, कांग्रेसले ७, माओवादीले ३ र एकीकृत समाजवादीले २ स्थानीय तहका प्रमुख÷अध्यक्ष पदमा जित हासिल गरेको छ । उपप्रमुख÷उपाध्यक्षतर्फ कांग्रेसले ७ स्थानीय तहमा जित हासिल गरेको छ । एमालेले ७, माओवादीले ३, एकीकृत समाजवादीले २ र अन्यले २ स्थानीय तहका उपप्रमुख÷उपाध्यक्ष पदमा जित हासिल गरेको छ ।