Sunday 18th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

बनेपामा युवाको नेतृत्व आवश्यक छ : प्रमुखका उम्मेदवार युवा नेता रेमन्ड कर्माचार्य

Sunday, May 8, 2022 National Power

 

वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको लागि जिल्लाको बनेपा नगरपालिकामा राप्रपाले चुनावी गतिविधिलाई तिब्रता दिएको छ । चुनावी कार्यतालिका अनुसार वैशाख ११ र १२ गते सञ्चालन भएको मनोनयन दर्ता कार्यक्रम सम्पन्न भए लगत्तै बनेपामा राप्रपाले घरदैलो कार्यक्रम सुरु गरेको हो ।

बनेपा नगरपालिकाको वडा नं १ देखी १४ सम्म नै राप्रपाले घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । चुनावी प्रचार–प्रसारसँगै वडाका अग्रज व्यक्तिहरुबाट आर्शिवाद लिन बनेपा नगरपालिकाका प्रमुखका उम्मेदवार युवा नेता रेमन्ड कर्माचार्य , उप–प्रमुखका उम्मेदवार रुपा बिस्ट, वडा अध्यक्ष/वडा सदस्यका उम्मेदवार लगायत दलका प्रतिनिधिहरु जनताको घर घर पुगेका थिए ।

बनेपा नगरमा तपाईंको उम्मेदवारी किन भनेर प्रश्न गर्दा यस्तो भन्नू हुन्छ नगरपालिकाका प्रमुखका उम्मेदवार युवा नेता रेमन्ड कर्माचार्य नगरपालिकाको आर्थिक, सामाजिक सांस्कृतिक, प्रशासनिक र पर्यटकीय क्षेत्रमा उल्लेखनीय भूमिका खेली बनेपा नगरपालिकाको स्वरुप लाई नै परिवर्तन गर्न मेरो नेतृत्वको स्थानीय सरकार आवश्यक रहेको छ । दिगो विकास निर्माणको लागि बनेपा नगरपालिकामा राप्रपाको नेतृत्व अपरिहार्य छ । यहि अभिभारा पुरा गर्न पार्टीले प्रमुख पदको उम्मेदवार मलाई बनाएको हो ।

तपाईंको पार्टीले बनेपा नगरमा बिजय गर्यो भने के-के परिवर्तन ल्याउने छ ?
राप्रपाले बनेपा नगरमा अवश्य पनि बिजय हासिल गर्ने छ । म र मेरो नेतृत्वको बनेपामा स्थानीय सरकार आएमा बनेपा नगरमा रहेका सामुदायिक विद्यालयहरुमा आवाश्यकता अनुसार भौतिक पुर्वाधार निर्माण गरेर प्रत्येक विद्यालयमा छात्र छात्राको लागि छुट्टै शौचालय, खानेपानिको ब्यवस्था, बालमैत्री कक्षा कोठा, बालमैत्री खेलमैदान, ईन्टरनेटको सुबिधा व्यवस्था गर्न लागि पर्ने छु ।

एकघर एक धारा र एक घर एक शौचालयको अवधारणालाई हाम्रो पार्टी राप्रपाले पुरा गर्ने छ । कृषिलाई व्यवसाहिक बनाउनको लागि कृषिमा अनुदान, सहुल्यत कर्जा, मल र विउ विजनको सहज उपलब्धता जस्ता कार्यक्रम ल्याई युवाहरुलाई व्यवसायिक कृर्षिमा प्रोत्साहन गरी रोजगारको सिर्जना गर्नुको साथै अनुदानको व्यवस्थापन गर्ने छु । बनेपा वसपार्क रहेको स्थानमा अत्याधुनिक र सुविधासम्पन्न भवनको निर्माण गरी र्पार्किङ अन्य तलाहरुमा फुटपाथमा रहेका पसल हरुको व्यवस्थापन, प्रशासनिक कार्यालय तथा अन्य प्रयोजनको लागि प्रयोगमा ल्याउने । बनेपा नगरमा उद्योग सञ्चालन गर्नको लागि निजीक्षेत्र संग समन्वय र सहकार्य गरी उक्त उद्योगहरुमा रोजगारीको सृजना गर्ने छु ।