Tuesday 17th June 2025

    शिव श्रेष्ठ फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न

भुम्लु लाई एक नमुना गाउँपालिकाको रुपमा जनता माझ स्थापित गर्ने छु : प्रेम लामा अध्यक्ष पदको उम्मेदवार

Monday, May 2, 2022 National Power

काभ्रेपलान्चोक – आगामी बैशाख ३० गते हुनगइरहेको स्थानीय तहको निर्वाचनको लागि काभ्रे जिल्लाको भुम्लु गाउँपालिकाको एमालेका उम्मेदवारहरु घर–घरमा पुगीरहेका छन् ।

आइतबार मुलर्खक भिमसेनलाई साक्षि राख्दै चुनावि घोषनापत्र सार्वजनिक गरे सँगै घर–घरमा पुग्ने थालेका हुन् । एकै साथ सबै वडामा अभियान शुरु गरेको गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार प्रेम लामाले काभ्रे प्रेस लाई जानकारी दिएका छन् ।
आफ्नो पार्टीलाई जनताको समर्थन र सद्भव उत्साह जनक रहेको र यो निर्वाचनमा जित हासिल गर्दै समृद्ध भुम्लु निर्माणको जिम्मा जनताले नेकपा एमालेलाई दिने अध्यक्ष लामाले बताए।

भुम्लु गाउँपालिकालाई पाँच वर्ष भित्र एक नमुना गाउँपालिकाको रुपमा जनता माझ स्थापित गर्दै एक घर एक रोजगार अभियान मार्फत सबै युवालाई रोजगारको व्यवस्थापन गर्नुको साथै भुम्लुमै विभिन्न कृषि फार्महरुको विकास सँगै उत्पादित कृषिजन्य वस्तुको उचित मुल्यमा वजार व्यवस्थापन गर्ने बताएका छन् ।

उनले सबै वडा वडामा ईन्टरनेटको व्यवस्था गर्ने जस्ता महत्पुर्ण योजना रहेको हुँदा जनता लाई सुर्यमा भोट हाल्न समेत आग्रह गरेका छन् । आज भुम्लु गाउँपालिका  वडा नं. २ मा गाउँपालिका अध्यक्ष पदको उम्मेदवार प्रेम लामा उपाध्यक्ष पदको उम्मेदवार कल्पना श्रेष्ठ वडा अध्यक्ष पदको उम्मेदवार वडा सदस्य पदको उम्मेदवार लगायत अन्य जिल्ला सदस्य नेताहरुको उपस्थितिमा घर दैलो अभियान जारी रहेको छ ।