Saturday 1st April 2023

    तेस्रो हिमालयन अन्तर्राष्ट्रिय अवार्डका उत्कृष्ट पाँच सार्वजनिक    नेपाल माल्टा च्यारिटी अर्गनाईजेसन र कोस्टा क्लिन फाउन्डेसनद्वारा प्याराडाइज बेमा सरसफाइ    ‘रेमिटान्सबाट देश चल्नु भनेको अरुको भरमा पर्नु हो' :वस्तुगत उपाध्यक्षका प्रत्याशी ढकाल    सहकारीहरु नीति विधीमा चल्नुपर्छ : अध्यक्ष दिलिप शर्मा    नेपाल तरुण दल बनेपा नगर सभापति बैजु र माइला कान्छा मानवीय सहयोग समुहले गर्यो खाद्यान्न सहयोग

चलचित्र चिट्ठीको छायांकन सकियो

Wednesday, April 27, 2022 National Power

काठमाण्डौ – नेपाली कथानक चलचित्र चिट्ठीको छायांकन सम्पन्न भएको छ । एरा प्रोडक्सन प्रा.लिको व्यानरमा निर्माण हुनलागेको चलचित्रको निर्देशन माधव राज खरेलको रहेको छ भने प्रमुख भुमिकामा नायक संञ्जित भण्डारी, कमेडि च्याम्पियनका सेकेण्ड रनअप खड्ग बहादुर पुनमगर (खवपु), गोपाल ढकाल (छन्दे), नबुजंग थापा, मुस्कान लामा, प्रवन भुषाल, कन्चन चालिसेका साथै शान्तिप्रिय, श्रीदेव भट्टराई, नम्रता खरेल पौडेल, मोहन निरौला, रश्मि भट्ट, उद्धव भट्टराइर्, कृष्ण भट्टराई, डेविल सिंह राजपुत, राजन थापा, पुरुषोत्तम सानु, पुर्ण राई, राजु कार्की, रज्जु गुरुङ,मुना निरौला, कविन्द्र त्रिपाठी लगायतका कलाकारहरुको अभिनय रहेको छ । जिवन पराजुलीको छायाँकन रहेको चलचित्र चिट्ठीमा नरेश खरेलको मेकअप रहेको छ ।

काठमाण्डौ, काभ्रपलाञ्चोक, ललितपुर लगायतका जिल्लाका विभिन्न रमणीय स्थलहरुमा सम्पन्न गरिएको चलचित्र चिट्ठी अहिलेको नेपाली बजारमा आइरहेका कथाबस्तु भन्दा बेल्कुलै फरक रहेकोे र यसले पक्कै पनि नेपाली दर्शहरुको मन छुने निर्माण पक्षले बताएको छ । कमेडि जनारामा बनेको चलचित्रमा केही सस्पेन्स र थ्रिरल पनि रहेको छ र यसले गर्दा कथा लेख्ने शैलीमा पनि नौलोपना झल्किएको बताइएको छ ।

छायाँकनका साथ साथै अब चलचित्र चिट्ठ पोष्टप्रोडक्सनमा पनि गईसकेको र चाँडै नै सम्पुर्ण नेपाली दर्शहरुले नौलो कथाबस्तु समेटिएको चलचित्र हलमा हेर्न पाउने निर्देशक माधव राज खरेलले जानकारी दिएका छन् ।

चलचित्रमा सरोज कोइराला, जुगल डंगोल र राजेन्द्र बजगाइको संगीत रहेको छ भने डा. कृष्णहरि बराल, कमला जोशी र शान्तिप्रियको शब्द एवंम शिव परियार, केञ्जुमा सुब्बा, कृष्ण भट्टराई र बसन्त अर्यालको स्वर रहेको छ । निर्देशक खरेलको लेखन रहेको चलचित्र चिट्ठीलाई संचारकर्मी समेत रहेकी निर्माता कमला जोशीले लगानी गरेकी छिन् भने राजेश कुमार, समिर मियाँन को सम्पादन, एनिमेशन तथा कलर संयोजन रहनुका साथै मनोज परियार र अमित श्रेष्ठले ध्वनी मिश्रण लगायतको कार्य गर्ने भएका छन् । चलचित्रलाई सन २०२२ भित्र नै प्रदर्शनमा ल्याउने निर्माण कम्पनीका तर्फबाट जानकारी गराईएको छ ।