Sunday 16th November 2025

    विशिष्ट व्यक्तित्व सम्मानसहित नागरिक समाजको १९ वर्षपूर्ति समारोह सम्पन्न    बुटवलकी रक्षा पन्तले जितिन् मिसेस नेपाल वल्र्ड २०२५ को उपाधि    ‘शरदको तिमी जुन हौ’ सार्वजनिक    छैटौं संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न, मीरा राणालाई दीर्घसाधना सम्मान    एभेन्टोज डिजिटल र म्युजिक नेपालबीच “लोक दोहोरी स्टार” का लागि आधिकारिक सहकार्य सम्झौता

भट्टराईको अभिनयमा सरोजको पिडा सार्वजनिक

Sunday, April 24, 2022 National Power

सरोज कोइरालाको स्वर तथा संगीतमा सजिएको “पीडा” बोलको गीत सार्वजनिक भएको छ । सिताराम कोइरालाले लेखेको गीतको भिडियो ओएसआर डिजिटल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । राजेन्द्र बजगाईले संगित संयोजन गरेको गीतको म्युजिक भिडियोमा श्रीदेव भट्टराई र जेबिका कार्कीेले अभिनय गरेका छन् । श्रीदेव र जेबिकाको यो पहिलो सहकार्य भए पनि जोडी जमेको देखिन्छ । काभ्रेको भकुण्डेबेसी र पातले खेतका रमणीय ठाउँहरुमा छायाङ्कन गरिएको भिडियोको निर्देशन ऋषि बराल “श्रीजन” ले गरेका हुन् । श्रीमान श्रीमतिको सम्बन्ध, माया प्रेम, छुट्टिनु पर्दाको पीडा र जीवन साथिविना जीवनको उत्तराद्र्धमा भोग्नुपर्ने दुःखलाई ग्रामीण परिवेशको कथामा श्रीजनले राम्रोसँग उनेका छन् । सन्तोष तिमिल्सिनाले म्युजिक भिडियोको छायाङ्क गरेका हुन् ।
सहायक निर्देशन सागर श्रेष्ठले गरेका हुन भने कालाकारको मेकअप कविन खड्काले गरेका हुन् । गीतको प्रोडक्सनको जिम्मेवारी नविन विष्टले पूरा गरेका हुन् ।
सरोजको स्वर तथा संगीतमा करिब दुई दर्जन गीत रेकर्ड भइसकेका हुन् । उनले यसै वर्ष सर्वोत्कृष्ट युगल गायनका लागि गायिका मेलिना राईसँगै बिन्ध्यबासिनी म्युजिक अवार्ड उचालेका छन् । २०७८ सालमा पनि सर्वोत्कृष्ट गायन तथा संगीतका लागि सगरमाथा म्युजिक अवार्ड, नीम अवार्ड, म्युजिक खबर म्युजिक अवार्ड प्राप्त गरेका थिए । स्थापित सञ्चारकर्मी रहेका उनी पछिल्लो समय संचारकर्म र गीत संगीतलाई सँगसँग अगाडि बढाइरहेका छन् । हाल उनी प्राइम टाइम्स एचडी र नेपाली रेडियो नेटकवर्कमा कार्यरत छन् ।