Tuesday 10th December 2024

    गढीमाई मेलामा दर्शनार्थीको घुइँचो    गायक नारायण थापाको “परिणाम नखोज तिमी” सार्बजनिक    पैसाको कमी र यौन असन्तुष्टीका कारण पति-पत्नीको सम्बन्ध कमजोर हुन्छन्    हैदरावादमा पुष्पा–२ को लाइभ कार्यक्रममा भागदौड, एक महिलाको मृत्यु    ‘नेपाल मानव–अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ९ देखि १२ डिसेम्बरमा काठमाडौँमा आयोजना हुँदै

‘हिन्दूराष्ट्र र राजसंस्थाफर्काउन’शाहीयुवाशक्ति नेपालको स्थानीयतहको निर्वाचनमादेशव्यापी रुपमास्वतन्त्रउम्मेद्धवारी दिने घोषणा

Sunday, April 24, 2022 National Power

काठमाडौं-शाहीयुवाशक्ति नेपालले स्थानीयतहको निर्वाचनमादेशभरी स्वतन्त्ररुपमाउम्मेद्वारीदिने घोषणा गरेको छ । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमापत्रकार सम्मेलनको आयोजनागर्दै युवाशक्ति नेपालले गाउँबाटै हिन्दुराष्ट्र र राजसंस्थाफर्काउने उद्देश्यका साथउम्मेद्वारी दिने घोषणा गरेको हो ।
कार्यक्रममाबोल्दैशाहीयुवाशक्ति नेपालका केन्द्रीयअध्यक्षपशुपती खड्काले नेपालीजनताले निर्वाचननचाहेको भन्दैजनताले गणतान्त्रिकव्यवस्थाको अन्त्य र राजाको पुनर्बहालीचाहेको दाबी गरे ।‘हामीजुनसुकै बाटोबाट भएपनि राजसंस्थाफर्काउन चाहन्छौं, त्यसकै लागिहामीचुनावमा सहभागीहुँदैछौं’–उनले भने ।
गणतन्त्रलाई धतुरोकोबोटको संज्ञा दिँदै धतुरोको बोटमा कहिल्यैपनिआँपनफल्ने खड्काको भनाई थियो । गणतन्त्रले नेपालीजनताको हितनगर्ने र यो कुरा जनता स्वयमले पनिअहिले आएर महशुस गरेको उनको दाबी छ ।
यस्तै, उनले जनताको भावनाबुझेर राजसंस्था र हिन्दुराष्ट्रको एजेण्डा बोकेर आफूहरु स्थानीयतहको निर्वाचनमाहोमिएको सुनाए । स्थानीयतहको निर्वाचनलाई गाउँ–गाउँबाट राजसंस्थाफर्काउने अवसरको रुपमालिई शाहीयुवाशक्ति नेपालका स्वतन्त्रउम्मेद्वारलाई विजयीबनाउनउनले आग्रह गरे । उनले राजसंस्थाकुनै पार्टीले नभएर नेपालीजनताले फर्काउने भन्दै कुनै पार्टीको झोलाबोकेर हिँड्नुभन्दा देशको झण्डा बोकेर सडकमा आउनआमजनतालाई आग्रह गरे ।
राप्रपाले राजसंस्थाफर्काउँछ भनेर जनताठूलो भ्रममा परेको भन्दै उनले भने, ‘राजेन्द्र लिङ्देनको पार्टीले राजसंस्थाफर्काउँछ भनेर जनताउर्लिएका छन् । तीसबै मान्छे राजसंस्थाफर्काउनउर्लिएको हो भने हामीसँगआउनुहोस । संविधानच्यातौं रचुनावबहिष्कार गरौं । राजसंस्थाहामीफर्काउँछौं ।’ शाहीयुवाशक्ति नेपालकामहामन्त्री कृष्णराजथापाले स्थानीयनिर्वाचनशाहीयुवाशक्तिको तर्फबाट स्वतन्त्रउम्मेद्वारलाई विजयीबनाउनआममतदाताहरुसमक्षआग्रह गरेका छन् ।

साथै,उनले युवाहरुले बृद्ध नेताको झोलाबोक्नुको साटो आफँै नेतृत्वगर्न अघि बढ्नुपर्नेमाजोड दिए । उनले नेपालमाहिन्दूराष्ट्र र राजसंस्थाको विकल्प नरहेको पनिजिकिर गरे । आफूहरुले विगतलामो समयदेखि यो एजेण्डा बोकेर हिँडेको र अब छिट्टै आफूहरुको अभियानले सार्थकर्ता पाउने थापाको दाबी छ ।
शाहीयुवाशक्ति नेपालका केन्द्रीयउपाध्यक्ष प्रेम वैदारलेकाभ्रेको बनेपानगरपालीकाको मेयरमाउम्मेद्वारी दिने घोषणा गरे ।उनले नेपालका राजनीतिकदलहरुले जनतालाई भेडाबनाउने गरेको आरोप लगाउँदै अबजनता सचेत हुनुपर्ने भन्दै स्वतन्त्रउम्मेद्वारलाई विजयीबनाउनअपिल गरे ।
शाहीयुवाशक्ति नेपालका केन्द्रीय सदस्य मुकेश देवकोटाले देशलाई बचाउनकानिम्तिशाहीयुवाशक्तिको भुमिका महत्वपूर्ण रहेको भन्दै स्वतन्त्र रुपमाआ–आफ्नो ठाउँबाट स्थानीयतहको निर्वाचनमाउम्मेद्वारी दिनआह्वान गरेका छन् । शाहीयुवाशक्ति नेपालले बिगतलामो समयदेखि सडक संघर्ष गर्दै आएको स्मरण गराउँदै उनले देशभरिबाट स्वतन्त्ररुपमा एकजुट भएर अगाडी बढ्ने बताए । साथै, उनले राजालाई गद्दीमा ल्याउनआफूहरुले सक्रियभूमिका खेल्ने दाबी गरे । अर्का केन्द्रीय सदस्यकविन्द्र देउजाले दशौं वसन्तपार गरेको शाहीयुवाशक्तिले निरन्तर रुपमाहिन्दुराष्ट्र र राजसंस्थाको एजेण्डा उठाउदै आएको भन्दै यसपटकको स्थानीयतहको निर्वाचनमा स्वतन्त्र रुपमाउम्मेद्वारी दिनलागेको जनाए ।

उनले एमाले, माओवादी र काँग्रेसलाई भोट हालेर दिक्कमानेकाजनताकालागि गणतन्त्र विरोधीभएपनिआफुहरु निर्वाचनमा सहभागीहुने र आफूहरुको एजेण्डालाई जनताले साथदिने पनिविश्वास दिलाए । उनले आफूहरुले निर्वाचनजित्ने दाबीपनि गरे । हरिरामगौतमले स्वतन्त्रउम्मेद्वारी दिने घोषणा गरे । उनले मनवानपुरको भीमफेदीगाउँपालिकाको अध्यक्षमाउम्मेद्वारी दिने घोषणा गरे । गाउँको शिक्षा र स्वास्थ्यको अवस्थाबदल्नआफुले कामगर्ने योजना रहेको उनले सुनाए ।
केन्द्रीय सदस्य रामकुमार बस्नेतलेदेशमाहिन्दुराष्ट्र र राजसंस्थाको आवाजबुलन्द रुपमा उठ्न थालेको भन्दै यसको जस शाहीयुवाशक्ति नेपाललाई जाने बताए ।
यस्तै, एउटा अभियानले पनि स्वतन्त्र रुपमाउम्मेद्वारी दिनसक्छ भन्ने नयाँअवधारणा शाहीयुवाशक्ति नेपाललेल्याएकोबस्नेतले स्पष्ट पारे । उनले आफूहरुका धेरै उम्मेद्धवारले स्थानीयतहको निर्वाचनमा सफलताप्राप्तगर्नेमाविश्वास दिलाए ।
शाहीयुवाशक्ति नेपालका केन्द्रीय सदस्यमाधवकार्कीले रौतहट जिल्लागुजरानगरपालिकाबाट मेयरमाउम्मेद्वारी दिने घोषणा गरे । आफूले पूर्ण रुपमानिस्वार्थ भावले जनताको सेवागर्ने पनिउनले प्रतिबद्धता जनाए ।