Wednesday 21st May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

कृष्ण र अस्मिताको आवाजमा ‘सिंहदरबार झ्यालैमा ऐना’ (भिडियो )

Friday, April 15, 2022 National Power

काठमाडौँ – गायक कृष्ण काफ्ले र गायिका अस्मिता अधिकारीको आवाजमा ‘सिंहदरबार झ्यालैमा ऐना’ बोलको गीत सार्वजनिक भएको छ । मोहन थापाको शब्द रचना गीतमा समावेश छ । गीतको लय सिर्जना गायक काफ्ले स्वयंकै रहेको छ । गीतमा नरेन्द्र वियोगीको एरेन्ज रहेको छ

गायक काफ्ले कै निर्देशन रहेको भिडियोमा रोशन केसी र शिल्पा पोख्रेल फिचर्ड छन् । धेरै पहिले सुनिने अथवा पुराना गीतहरूमा प्रयोग हुने खालका शब्द र भाकाहरू राखेर बनाइएको यो गीत मौलिक रहेको छ । गीतको अरेन्जमेन्टमा पहिले र अहिले सुन्दा रुचाइने खालको म्युजिक ट्र्याक सुन्न सकिन्छ । भिडियोमा सन्कल भुजेलको छायाङ्कन, शिशिर खातीको कोरीयोग्राफी र मनोज कार्कीको भिडियो सम्पादन रहेको छ ।