Thursday 17th July 2025

    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

छैठौं भक्तपुर औद्योगिक मेला आयोजना हुँदै

Thursday, March 24, 2022 National Power

काठमाडौं –  नयाँवर्ष २०७९ को भक्तपुरमा छैठौं भक्तपुर औद्योगिक मेला आयोजना हुने भएके छ । नयाँ वर्षकाे आगमनसंगै लामो समयदेखि विभिन्न जिल्लामा औधोगिक तथा व्यापार मेला गर्दै आएको औधोगिक शान्ति नेपाल संस्था र मध्यपुर व्वाईज व्याण्डको आयोजनामा भक्तपुर जिल्लामा छैठौं भक्तपुर औद्योगिक सांस्कृतिक पर्यटन तथा व्यापार मेला २०७८/०७९ को आयोजना गर्न लागिएको हो ।

चैत्र २४ बिहिबारदेखि सुरु हुने मेला बैशाख ४ गते सम्पन्न हुने भएको यस मेलामा बिक्री गरिने सामानहरुमा २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको आयाेजक संयाेजक दिपक थापाले जनाएकाे छ । मनोरञ्जनका लागि मेलामा बाल उद्यान, रोटी पिङ्ग, रेनजर, मारुती सर्कस, ड्रागन ब्रेक डान्स, नाउ तथा बच्चाको खेलौना, राष्ट्रिय स्तरका कलाकारहरुको हास्य व्यङ्ग्य तथा गीत संगीतको प्रस्तुती रहने छ ।

ऐतिहासिक, सांस्कृतिक एवं पर्यटकीय स्थानले भरिभराऊ क्षेत्र भक्तपुरमा यसै जिल्लाको अरनिको राजमार्ग खण्ड ६ लेन सडकसंगै जोडिएको भक्तपुरको सल्लाघारी तीनकुने स्थित १०८ रोपनी क्षेत्रफल जग्गामा यस संस्थाले विशाल रूपमा मेला आयोजना गर्ने भएको छ । यसका लागि आवश्यक प्रक्रिया पुरा गरिसकेको र तत्कालै यस क्षेत्रमा स्टल निर्माण कार्यका लागि तयारीमा जुट्ने योजना रहेको जनाए ।

मेलामा २०० भन्दा बढी स्टल राखिने भएको छ स्टलको साईज अनुसार कम्तीमा ६ हजारदेखि रु १९ हजार ५०० सम्म शुल्क लिएर स्थानीय व्यापारीहरुलाई समेत स्टल उपलब्ध गराउने ब्यवस्था रहेकाे छ । मेलामा करिब ३ लाख भन्दा बढी उपभोक्ताको आगमन र करिब ८ करोड रुपैयाको कारोबार हुने अपेक्षा आयोजकले गरेको छ ।

मेलामा दैनिक जीवनमा प्रयोग हुने उपभोग्य खाद्यान्न , लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामाग्रीहरु पाईनुका साथै कलाकारहरुको बेजोड प्रस्तुती रहने छ । औद्योगिक उत्पादनको प्रर्दशनी, सूचना तथा विज्ञान प्रविधिको प्रर्दशनी, ग्रामीण प्रविधि सम्बन्धी गतिविधि, अटो मोवाइल, विद्युतीय मेशिन कृषि औजार, नृत्य प्रतियोगिता, मोवाईल तथा ईलेक्ट्रोनिक्स सामान र व्यापार तथा पर्यटकीय प्रर्दशनी उक्त मेलामा रहने छ । एशियाकै उत्कृष्ठ बाल उद्यान, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खाना महोत्सव तथा विविध प्रस्तुती रहने समेत थापाले जनाएको छ ।

नयाँवर्षको अवसरमा आयोजना गर्न लागेको मेलामा एउटै छानामुनी उपभोक्ताले चाहेका हरेक सामाग्रीहरु सहज र सुपथ मूल्यमा उपलब्ध गराईने आयोजकले जनाएको छ । भक्तपुर, काठमाडाैँ, ललितपुर र काभ्रेदेखि आसपास जिल्लाहरुका बासिन्दाले समेत यसबाट लाभ लिन सक्ने जनाइएको छ ।

आयोजक टिमका अनुसार मेलालाई व्यवस्थित गर्न विद्यार्थीलाई रु. ४० र अन्यका लागि रु ५० प्रवेश शुल्कको व्यवस्था गरिएको छ । कोभिड -१९ को महामारीका कारण गतवर्ष आयोजना गर्न नपाए पनि यसवर्ष भने भव्य रुपमा मेलाको आयोजना गरिने बताइएको छ । अध्यक्ष सन्दिप महत जनाएको छ । भत्तपुरको सुर्यविनायकमा पत्रकार सम्मेलन गर्दै कार्यक्रमका निर्देशक सुनिल बज्राचार्य, कार्यक्रमका विभिन्न पधादिकारीहरु र पत्रकारहरुको ठुलो उपस्थिति रहेको थियो ।