Tuesday 13th May 2025

    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक    १२ औं म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक    कला, संघर्ष र सपनाको संगम- मोडल तथा डान्सर श्री स्वस्थानी तामाङको प्रेरणादायी यात्रा

इन्जिनियर एसोसिएसनको निर्वाचनमा लोकतान्त्रिक समूह अगाडि, पाँच प्रदेशको परिणाम आयो

Sunday, March 13, 2022 National Power

काठमाडौं -नेपाल इन्जिनियर एसोसिएसन (नेइए) को निर्वाचन अन्तर्गत अहिले मतगणना भइरहेको छ । ललितपुरको पुल्चोकस्थित एक भवनमा मतगणना भइरहेको छ । आइतबार बिहानैदेखि सुरु भएको मतगणना बेलुकासम्म सकिने भएको छ । एसोसिएसनको नयाँ कार्यसमितिका लागि शुक्रबार मतदान भएको थियो । नेपाल इन्जिनियर एसोसिएसनको अध्यक्ष पदका लागि पाँच जनाबीच प्रतिस्पर्धा भएको छ । लोकतान्त्रिक समूहबाट डा. हरिबहादुर दर्लामी, प्रगतिशील समूहबाट डा।सुरज लामिछाने, एकीकृत समाजवादी वाम गठबन्धनबाट डा. हरेराम पराजुली र नेपाल इन्जिनियर्स समाजबाट राजेन्द्रप्रसाद हाडा अध्यक्षका लागि चुनावी मैदानमा छन् । दिलीपकुमार झा अध्यक्षका स्वतन्त्र उम्मेदवार छन् ।

नेपाल इन्जिनियर एसोसिएसनमा कुल साढे २१ हजार मतदाता रहेकोमा करिब साढे १० हजार मात्रै मत खसेको लोकतान्त्रिक समूहबाट उपाध्यक्षका उम्मेदवार डा. नारायणप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार अहिलेसम्म करिब २५ प्रतिशत मत गन्दा लोकतान्त्रिक समूह अगाडि छ । हालसम्म नतिजा आएका सबै प्रदेशतर्फको नेतृत्वमा लोकतान्त्रिक समूह विजयी भएको छ । सात प्रदेशमध्ये पाँच वटाको नतिजा आएको छ । दुईवटा प्रदेशको मतगणना जारी रहेको लोकतान्त्रिक समूहको तर्फबाट उपमहासचिवका उम्मेदवार सरोज धितालले न्युज कारखानालाई जानकारी दिए ।

‘नेपाल इन्जिनियर एसोसिएसनको प्रदेश १ को अध्यक्षमा जयनाथ यादव, गण्डकी प्रदेशको अध्यक्षमा विजेन्द्र केसी, लुम्बिनी प्रदेशको अध्यक्षमा शैलेन्द्रकुमार श्रेष्ठ, कर्णाली प्रदेशको अध्यक्षमा हरि केसी र सुदूरपश्चिम प्रदेशको अध्यक्षमा पदमराज पन्त निर्वाचित भएका छन् । विजयी सबै लोकतान्त्रिक समुहका हुन्,’ उनले भने ।मतगणना जारी रहेका अन्य दुई प्रदेशमा पनि लोकतान्त्रिक समूह नै अगाडि रहेको केन्द्रीय समिति सदस्यकी उम्मेदवार विद्या बरालले जानकारी दिइन् ।