Thursday 20th March 2025

    आजदेखि आठौं संस्करणको निफ महोत्सव    हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मेलन २०८१ भव्य रूपमा सम्पन्न    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    एपिक अवार्डमा शोभा पाण्डे, सुष्मा शाही ठकुरी र अमृत खाती उत्कृष्ट    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक

उपत्यकाको पहिलो बालमैत्री नगर चाँगुनारायण

Sunday, March 13, 2022 National Power

काठमाडौं –

चाँगुनारायण नगरपालिकाले छैठौँ नगरस्थापना दिवससँगै उपत्यका भित्रकै पहिलो बालमैत्री नगर बन्न सफल भएको छ। बालमैत्री स्थानीय शासन भन्नाले बाल बचाउ,बाल संरक्षण,बाल बिकास, र अर्थपुर्ण बाल सहभागिताजस्ता बाल अधिकारका सवाललाई स्थानिय निकायको नीति,संरचना,प्रणाली र कार्य प्रक्रिया र व्यवहारमा संस्थागत गर्ने शासकीय पद्धति भने बुझिन्छ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बालमैत्री स्थानीय शासन युक्त नगर पनि घोषणा भएको छ। विगत १ वर्षसम्मको लामो अभियान बालमैत्री स्थानीय शासन घोषणा गरिएको नगरप्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए।
कार्यक्रममा चाँगुनारायण नगरपालिकामा एवम् देशको विभिन्न क्षेत्रमा रहेर विशेष योगदान दिनेहरुलाई पनि सम्मान गरिएको थियो। विभिन्न विधामा २० जना पदक, विभूषणले सम्मानित भएका थिए। नगर सभाकै अवसरमा चाँगुनारायण नगरपालिकाले आफ्नो नगरलाई कोभिड १९ बिरुद्ध पूर्ण खोपयुक्त नगरको रुपमा घोषणा समेत गरेको छ।

चाँगुनारायण नगरपालिका कोभिड १९ विरुद्ध पूर्ण खोपयुक्त नगरको रुपमा घोषणा देशकै तेश्रो नगरपालिका भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद चापागाईले बताए। कार्यक्रममा बोल्दै प्रमुख अतिथि तिमिल्सिनाले ‘एकदमै थोरै स्थानीय तहहरुले बालमैत्री स्थानीय शासनको घोषणा भएकोमा काठमाडौं उपत्यकाको पहिलो बालमैत्री नगरको रुपमा चाँगुनारायण नगरापालिका भएकोमा धन्यवाद दिए।’

चाँगुनारायण नगरपालिकाले आफ्नो ४.५ वर्षे कार्यकालको एकिकृत समिक्षा एवं प्रगतीको रुपमा चाँगुनारायण दर्पण नामक पुस्तक समेत विमोचन गरिको छ। नगरपालिकाले आर्थिक वर्ष २०७४/७५ देखि २०७८/७९ सम्म सम्पादन गरेका सबै भौतिक तथा सामाजिक पूर्वाधारका क्षेत्रमा गरेका कार्यक्रम एवं योजनाहरुको समेत समिक्षा चाँगुनारायण दर्पणमा गरिएको छ।