काठमाडौं– शब्द विवादमा परेको ‘छाउपडी’ बोलको गीत सार्वजनिक हुने भएको छ । शब्द सार्वजनिक भए लगत्तै विवादना परेको उक्त गीत अब भने सार्वजनिक गर्नका लागि तयार रहेको गायिका सोफिया थापाले बताएकी छन् । सुदुर पश्चिममा रहेर महिला अधिकारको क्षेत्रमा काम गरिरहेका केही अधिकारकर्मीले गरेको विरोधका कारण रेकर्ड नहुँदै यो गीत विवादमा परेको थियो ।
उक्त समुहले छाउगोठको नाममा रचनाकारले सुदुर पश्चिमको वदनाम गरेको आरोप लगाएका थिए ।गीतका शब्द रमेश दहालले लेखेका हुन् । लामो समय सुदुर पश्चिमका विभिन्न जिल्लामा काम गर्ने क्रममा देखेको विषययलाई लिएर उनले गीतका शब्द तयार गरेका छन् ।गीतले कुनै पनि प्रकारको विभेद र विरोधका विषयय उठान नगरेकोमा उनी स्पष्ट छन् । गीतमा संगीतसमेत गायिका थापा कै रहेको छ । यो गीत थापाको युट्युव च्यानलमार्फत फागुन २७ गते शुक्रबार सार्वजनिक हुँदैछ ।