Tuesday 16th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

बिबिध कार्यक्रम सहित इनास अमेरिकाको बिशेष बैठक पेन्सिलभेनियामा सम्पन्न

Monday, March 7, 2022 National Power

काठमाण्डौ– इनास अमेरीका राष्ट्रिय समिति परिवारको बैठक पेज्सिलभानिया राज्यमा सम्पन्न भएको छ । बैठकले अमेरिकामा भएका कलाकारहरुलाइ एकत्रित गर्दै नेपाली कला संस्कृति र भाषाको प्रवद्र्धनको लागि विविध किसिमका कार्यक्रमहरु गर्ने निर्णय गरेको छ ।

ईनास अमेरीका समितिका राष्ट्रिय अध्यक्ष, गायक तथा संगतिकार कन्हैया सिंहको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा ईनास नर्थ अमेरिकाका क्षेत्रीय संयोजक आनन्दु लामाको विषेश आतिथ्यता रहेको थियो । बैठकले ईनास डे अगष्टको अन्यमा मनाउने गर्ने निर्णय छ । साथै ईनास डे को कार्यक्रमको संयोजक समितिमा निर्देशक तथा कलाकार दिनेश कार्कीको संयोजन रहने छन् भने सबै राज्य समितिका अध्यक्षहरु उपसंयोजक रहने निर्णय पारित गरेको छ ।

ईनास पेन्सलभानिया राज्य समितिबाट अध्यक्ष विकाश घले गुरुङको संयोजनमा संचालन भएको बैठकमा विविध सांस्कृतिक कार्यक्रमहरु समेत गरिएको थियो भने कार्यक्रममा उपस्थित भएका वालकलाकारहरुलाइ ट्रफि सहित सम्मान गरिएको थियो ।

कार्यक्रममा चर्चित नायिका मेलिना मानन्धर, चर्चित गायिका अञ्जना गुरुङ, नायक मुकेश ढकाल, मोडल तथा कोरियोग्रफर शंकर वि.सी, मोडल एवं डान्सर अपेक्षा सिंह, नायक राहुल के.सी, कलाकार राजु बजाज लगायतका कलाकारहरुको उपस्थिती थियो । कार्यक्रमको संचालन चलचित्र निर्देशक विशाल ढुंगानाले गरेका थिए ।