काठमाडौ -लामो समयको अथक प्रयास पछि काठमाडौ – रियाद उडान को नेपाल बायुसेवा निगमले अनुमति पाएको छ।अब काठमाडौ साउदी अरेबिया को सिधा उडान बाट धेरै नेपाली लाभान्वित हुने भएका छन् ।निगमलाई साउदी अरेवियाको General Authority of civil Aviation (GACA) ले मिति २०७८र११र२२ गतेबाट साउदी अरेवियाको रियादस्थित कार्यालयबाट औपचारिक रुपमा निगमका कार्यकारी अध्यक्ष युबराज अधिकारीको उपस्थितिमा निगमलाई उडान अनुमति प्राप्त भएको हो । यस उड़ान अनुमति अनुसार नेपाल वायुसेवा निगमले साउदी अरेवियाको रियाद, दमाम तथा जेद्दामा उडान गर्न पाउनेछ।
संस्कृति, पर्यटन तथा नागरिक उडुडयन मन्त्री माननीय प्रेम बहादुर आलेको विशेष निर्देशन र कार्यकारी अध्यक्ष युवराज अधिकारीको पहलमा यो उडान अनुमति प्राप्त भएको निगमले प्रेश बिज्ञप्ति मार्फत जनाएको छ । निगमले अप्रिल २०२२ बाट नै व्यावसायिक योजना अनुरुप काठमाडौं-रियाद( काठमाडौं सेक्टरमा साताको तीन बटा नियमित उडान शुरु गर्ने बताईएको छ। निगमको अथक प्रयासपछि भएको यस कार्यबाट धेरै लाभ पुग्ने भएको छ।