Monday 20th January 2025

    बिर्तामोडमा सञ्चालनमा आयो सोफा हब काठमाडौँको आठौँ शाखा    लिम्पियाधुराको विषयमा त्रिदेशीय सहमति गर्न माग गर्दै विरोध प्रदर्शन    आठौं संस्करणको ‘निफ’ मा ४० देशका ८७ चलचित्र प्रदर्शन हुने    फ्राईडे रिलिज: फिरफिरे फिरिरी’, ‘एक्टर’ र ‘आजाद’, कुन फिल्म कस्तो ?    पागल पागल मन को भिडियो सार्वजनिक

सुनको भाउ १ लाख नाघ्यो

Sunday, March 6, 2022 National Power

काठमाडौँ — आइतबार सुनको भाउ प्रतितोला १ लाख नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार तोलामा २ हजार रुपैयाँ बढेर प्रतितोला १ लाख १ हजार ९ सय रुपैयाँ कायम भएको छ ।यसअघि शुक्रबार प्रतितोला ९९ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । २०७७ साउन २३ गते सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँसम्म पुुगेको रेकर्ड छ ।

चाँदीको मूल्य पनि बढेको छ । आइतबार प्रतितोला १४१५ रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस १९७४ डलर हाराहारीमा पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेकाले नेपालमा असर परेको महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्यले जानकारी दिए । उनका अनुसार युक्रेनमाथि रुसको आक्रमणलाई लिएर अमेरिका, बेलायत लगायत राष्ट्रसँग रुसको विवाद बढ्दा सुनको माग बढ्न गएको हो, जसले केही सातादेखि मूल्यमा असर पारिरहेको छ ।