काठमाण्डौ –काठमाण्डौ जिल्लाभित्र रहेका नगरपालिकाहरु एवं महानगरपालिका का साथै ७ वटा विश्वसम्पदा सुचिमा परेका स्थानहरुको सरसफाइको कार्यहरु अभियानका रुपमा विगत ५ दिन देखी संचालनमा आएको छ । फागुन ५ गते गते देखी चैत्र ९ गते २५ दिन संचालनमा आउने उक्त अभियानले शहरको सफाईमा विािशष्ट योगदान पुर्याउनुको साथै आम मानिसहरुलाई सचेतना दिनेमा पनि विश्वास गर्न सकिन्छ ।
उपत्यकाका विभिन्न अभियानहरु क्रमशः वातावरण मैत्री समाज (राधेश्याम मिश्र) नेवाः लहना किर्तिपुर(राजमान मानव), सुन्दरीघाट सरसफाई अभियान बल्खु(चित्र सुनुवार), गोदवरी सरसफाई अभियान(बेबी राजभण्डारी) विष्णुमती सरसफाई अभियान (शोभाकान्त पाण्डे) , मनोहरा सरसफाई अभियान(चन्द्र दंगाल), बागमती सरसफाई अभियान(किशोर सिंह शाही, र चक्रपथ सर सफाई अभियानमा संलग्न अभियन्ताहरुले उक्त अभियानलाई अघि वढाइएका छन् ।
२५ दिन सम्म दैनिक रुपमा संचालन हुने उक्त अभियानलाई सफाई महाअभियानको रुपमा लिएको अभियान्ता मध्येका वातावरण मैत्री समाजका अध्यक्ष राधेश्याम मिश्रले बताए ।