Thursday 20th March 2025

    आजदेखि आठौं संस्करणको निफ महोत्सव    हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मेलन २०८१ भव्य रूपमा सम्पन्न    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    एपिक अवार्डमा शोभा पाण्डे, सुष्मा शाही ठकुरी र अमृत खाती उत्कृष्ट    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक

एनआरएनएमा थप विवाद चर्कियो

Thursday, March 3, 2022 National Power

काठमाडौं -गैरआवासीय नेपाली संघमा (एनआरएनए) को पछिल्लो निर्णयले संस्थाभित्र थप विवाद चर्किएको छ । असन्तुष्ट समूहको विरोधका बीच बुधबार बसेको केन्द्रीय समिति (आईसीसी) को बैठकले संरक्षक परिषद तथा उच्चस्तरीय समिति खारेज निर्णय गरेको छ । यस्तै ५ दिनभित्र प्रतिनिधि शुल्क नबुझाएमा अमेरिका, युके, अस्ट्रेलिया, जापान, क्यानडा लगायतका राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुको आबद्धता खारेज गरी तदर्थ कार्य समिति बनाउने जस्ता निर्णय पनि बैठकले गरेको एक पदाधिकारीले बताए ।

प्रतिनिधि विवादका कारण गत अक्टोबर २०२१ मा हुनु पर्ने गैरआवासीय नेपाली संघको दशौँ महाधिवेशन हुन नसकेकाले विवाद समाधान गरी दशौँ महाधिवेशन सम्पन्न गर्ने म्यान्डेटका साथ आइसीसीको ८१ औं बैठकले संघका प्रमुख संरक्षक शेष घलेको संयोजकत्वमा सात सदस्यीय उच्चस्तरीय समिति गठन गरेको थियो । घलेले बुधबार मात्रै आफ्नो प्रतिवेदन समितिलाई बुझाएका थिए। संघको विधान २००३ (संशोधनसहित २०२१ अनुसार) आइसीसीले संरक्षक परिषदलाई विघटन गर्न नमिल्ने बताइएको छ । नयाँ आइसीसी गठन भएपछि मात्रै संरक्षक परिषद पनि नयाँ गठन हुने व्यवस्था छ।

तर एकलौटी रुपमा संरक्षक परिषद तथा उच्चस्तरीय समिति विघटन गर्ने निर्णय भएपछि विवाद थप चर्किएको हो । अध्यक्षका उम्मेदवार कुल आचार्यलगायतका असन्तुष्ट समूहले यसको विरोध गरेका छन् ।संघभित्र कुमार पन्त नेतृत्वको संस्थापन र आचार्य पक्षबीच विवाद रहँदै आएको छ । सो विवादका बीच चुनावी प्रक्रियामा सरकारी हस्तक्षेप समेत हुँदा संघको महाधिवेशन सर्दै आएको छ।