Thursday 20th March 2025

    आजदेखि आठौं संस्करणको निफ महोत्सव    हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मेलन २०८१ भव्य रूपमा सम्पन्न    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    एपिक अवार्डमा शोभा पाण्डे, सुष्मा शाही ठकुरी र अमृत खाती उत्कृष्ट    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक

विरोधबीच अघि बढ्यो एमसीसी

Sunday, February 27, 2022 National Power

काठमाडौं -प्रतिपक्षी दल एमालेको होहल्लाका बीच अमेरिकी सहयोग परियोजना एमसीसीमाथिको छलफल अघि बढेको छ । आइतबारको संसद् बैठकमा सम्झौतामाथि सैद्धान्तिक छलफल सुरु भएको हो । जारी बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्तावमाथि छलफल सुरु भएको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले पाँच मिनेट सांसदलाई दिएका छन् । सोहीअनुसार माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ, एकीकृत समाजवादीका नेता झलनाथ खनाल, एमाले नेता भीम रावललगायतले आफ्नो धारणा राखेका छन् । उनीहरूले व्याख्यात्मक घोषणासहित एमसीसी पारित गर्ने गठबन्धनको निर्णयको विरोध गरेका छन् ।

बैठक जारी रहँदा एमालेले अवरोध सहित नाराबाजी गरिरहेको छ। यस्तै नेमकिपा, जनमोर्चाका सांसदले पनि विरोध गरेका छन् । सत्तारुढ दलकै पनि केही सांसदले विरोध गरेका छन् भने विरोध र विवादका बीच एमसीसी अघि बढाइएको हो । एमालेले एमसीसीको विरोध गर्दै संसद् अवरोध भने गरेको होइन । उनले सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै अवरोध गरेको हो ।