Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

नगर कमिटीका अध्यक्ष, उपाध्यक्ष र सचीवको सक्रियता, गाउँ टोल नै एमाले मय 

Saturday, February 26, 2022 National Power

  काभ्रेपलान्चोक – नेकपा एमाले बनेपा नगर कमिटीको सक्रियता बढेको छ । पछिल्लो समय कमिटीले आफ्नो गतिविधिलाई बढाएको हो । स्थानीय तहको चुनाव घोषणा गरे सँगै नगर कमिटी चुनाव केन्द्रित परिचालन भएको छ । गाउँ टोलमा टोल कमिटी गठन गरि टोल लाई नै एमाले मय बनाएको छ ।

नेकपा एमाले बनेपा नगर कमिटीका अध्यक्ष, उपाध्यक्ष र सचीव नै दिनानुदिन टोल कमिटी गठन गर्न परिचालन भएका छन् । सम्पूर्ण पदाधिकारी नै परिचालन भए पछि यति बेला बनेपा नगरको गाउँ टोल नै एमाले मय भएको छ । आज बनेपा नगरपालिका वडा नं. १४ मा नेकपा एमालेले टौडोल ईटापु टोल भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा नेकपा एमाले बनेपा नगर कमिटीका अध्यक्ष रत्नकुश रंन्जितले बनेपा नगर र नगरवासीको मुहार परिवर्तन गर्न नेकपा एमाले बनेपा नगर कमिटी लागिपरेको बताउनु भयो । स्थानिय स्तरबाट नगरबासीले पाउनु पर्ने सेवा सुविधामा नगरबासीलाई झन्झट नहुनेगरी हरपल हर समय सेवा प्रदान गर्दै आएको र अझै थप सेवा सुविधा दिनको लागि नेकपा एमाले बनेपा नगर कमिटीले लागि परेको बताउनु भयो ।

उता नगर कमिटी उपाध्यक्ष नवराज मानन्धरले टोल कमिटी लाई बधाई तथा शुभकामना दिदै कमिटी लाई आफ्नो गतिविधि बढाउन निर्देशन दिनु भएको छ । उहाँले नगर नै एमाले मय बनाउन टोल कमिटीले विशेष भुमिका खेल्ने भएकोले टोल कमिटी लाई चुनाव केन्द्रित परिचालन हुने निर्देश दिनु भएको हो।

टौडोल ईटापु टोल भेला तथा पार्टी प्रवेश कार्यक्रम ४७ जनाले माओवादी, कांग्रेस, समाजबादी र अन्य पार्टी परित्याग गरि नेकपा एमाललेमा प्रवेश गरेका हुन् ।   

कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य राजकुमार श्रेष्ठ, नेकपा एमाले बनेपा नगर कमिटीका सचीव श्रीधर पराजुली, १४ नं. वडाका निर्वाचित वडा अध्यक्ष गौरी राउत, नेकपा एमाले १४ नं. वडा कमिटीका अध्यक्ष निर्मला तामाङ लगायतको उपस्थिति रहेको थियो ।

टौडोल ईटापु टोल भेला बाट अध्यक्षमा राजकुमार श्रेष्ठ सहित १३ सदस्य कमिटी गठन भएको छ । नगर कमिटी सदस्य रबिन बिष्टले कार्यक्रमको संचालन गरेका थिए ।