Friday 13th June 2025

    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न    "दुःख सुनाएर के काम ?" गीत सार्वजनिक

समीक्षाद्वारा पलविरुद्ध जबरजस्ती करणीकाे मुद्दा दर्ता

Wednesday, February 23, 2022 National Power

काठमाण्डौ – नायक पल शाह (पुर्ण विक्रम शाह) विरुद्ध गायिका समीक्षा अधिकारीले उजुरी दर्ता गरेकी छन्। उनले जिल्ला प्रहरी कार्यालय तनहुँमा जवरजस्ती करणी उद्योग अन्तर्गत आज उजुरी दिएकी हुन्।

१७ वर्षीया गायिका समीक्षा आफैं पुगेर बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा पलविरूद्ध जाहेरी दिएकी हुन्। प्रहरीका अनुसार पलविरूद्ध परेको जाहेरी दर्ता भई कानुनी प्रक्रियामा गएको छ। पलमाथि बालिकालाई प्रेम सम्बन्धमा पारेर जबरजस्ती करणी गरेको आरोप लागेको छ। समीक्षा पलबाट आफू अन्यायमा परेको भन्दै हारगुहार गरिरहेकी थिइन्। गत विहीबार उनले महिला अधिकारकर्मी जस्मिन ओझालाई भेटेर आफ्नो सबै कथा सुनाउँदै न्यायको पहल गरिदिन आग्रह गरेकी थिइन्।

जस्मिन र समीक्षाबीच भएको कुराकानीको अडिओ सार्वजनिक भएको थियो। समीक्षाले यस कुराकानीमा पलले आफूलाई यौन दुर्व्यवहार गरेकोदेखि पलकी अर्की प्रेमिका कवितासँग आफ्नो झगडासम्मको विवरण सुनाएकी थिईन् तर, पलले उनलाई कसैले उक्साएको बताएका थिए। पलले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै आफ्नो स्पष्टीकरण दिएका थिए।