Thursday 22nd May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

एमसीसी विरोधी प्रदर्शनमा हस्तक्षेप भएको भन्दै प्रदर्शन

Monday, February 21, 2022 National Power

काठमाडौं -अमेरिकी सहयोग परियोजना एमसीसी विरोधी प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले सोमबार विरोध प्रदर्शन गरेको छ ।आइतबार काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा भएको एमसीसी विरोधी प्रदर्शनमा झडप हुुँदा प्रदर्शनकारी र प्रहरी घाइते भएका थिए । अनेरास्ववियु क्रान्तिकारीले प्रहरी हस्तक्षेप भएको भन्दै सोमबार माइतीघर मण्डलामा प्रदर्शन गरेको हो ।

आइतबारको प्रदर्शनका क्रममा घाइते भएकाहरु पनि सोमबारको प्रदर्शनमा सहभागी भएका थिए । उनीहरुले एमसीसी विरोधी नारा लगाएका थिए ।