Friday 4th October 2024

    स्याटद्धारा दशैं शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रमको आयोजना    युकेवासी नेपालीले रुचाए काँडेतार    लिम्बू सचेतनामुलक भिडियो ‘मिघम्ब’को सार्बजनिक    प्रमोदको स्वरमा ‘आँशुको मूल्य’ सार्वजनिक    नेपाल र भारतका पत्रकार महिलाको साझा सञ्जाल बनाउनुपर्नेमा जोड

एमसीसी अब पास हुन्छ : प्रधानमन्त्री देउवा

Sunday, February 20, 2022 National Power

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले दलहरूबीचको लामो रस्साकस्सीपछि संसद्‍मा टेबल भएको एमसीसी पास हुने बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री देउवाले एमसीसी पास हुने बताएका हुन् ।संसद्‍बाट देउवा बाहिरिने क्रममा सञ्चारकर्मीले अब एमसीसी के हुन्छ ? भन्ने जिज्ञासा राखेपछि प्रधानमन्त्री देउवाले भने, ‘अब पास हुन्छ ।’

सत्ता गठबन्धनका शीर्ष नेताहरूको आइतबार बिहान बसेको बैठकमा एमसीसी टेबल गर्ने सहमति भएको थियो । तर, सत्तारुढ दलहरूले नै संशोधन नगरी पास गर्न नसकिने अडान राख्दै आएका छन् । विपक्षी दलको निरन्तरको अवरोध र सत्तारुढ गठबन्धनकै सांसदहरूको विरोधका बीच प्रतिनिधिसभाको आइतबारको बैठकमा सरकारले एमसीसी सम्झौता टेबल गरेको छ । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विरोधकाबीच संसद्‍मा एमसीसी टेबल गरेका थिए ।