Tuesday 18th March 2025

    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    पाँचौं संस्करणको एपिक अवार्डमा वसुन्धरा भुसाललाई दीर्घ साधना सम्मान अर्पण    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न

सुनापति गाउँपालिकाले एकल पुरुषलाई मासिक १ हजार रुपैयाँ भत्ता वितरण

Friday, February 18, 2022 National Power

रामेछाप – सुनापति गाउँपालिकाले पालिकाभित्रका ६२ जना एकल पुरुषलाई मासिक १ हजार रुपैयाँ भत्ता वितरण गरेको छ । सुनापति गाउँपालिकाले यसअघि एकल महिलालाई मासिक रुपमा भत्ता वितरण गर्दै आएकोमा यस चालु आर्थिक वर्ष २०७८र७९ बाट पालिका भित्रका एकल पुरुषलाई पनि मासिक रुपमा भत्ता वितरण गर्ने गरी नीति तथा कार्यक्रम बनाएको हो ।

‘पालिकाको चालु आर्थिक वर्षमा एकल पुरुषलाई दिने भत्ताको विषयमा दुई छुट्टाछुट्टै कार्यविधि बनाएका छौं, जसमा विवाहित र अविवाहित भनेर छुट्टाइएको छ’, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलराज श्रेष्ठले भन्नुभयो, ‘पालिकाले भत्ता वितरण गर्दा विवाहपछि एकल भएका पुरुषको हकमा उमेर हद ५० वर्ष र अविवाहित पुरुषको हकमा उमेर ६० वर्ष पुगेको हुनुपर्ने प्रावधान राखेका छौँ ।’

यसअघि पालिकामा एकल महिलाले मात्रै मासिक रुपमा भत्ता बुझ्दै आएकोमा एकल पुरुषलाई पनि केही राहत मिलोस् भन्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको सुनापति गाउँपालिकाका प्रमुख धावा लामाको भनाइ छ । अहिलेसम्म राज्यबाट कुनै पनि सुविधा पाउन नसकेका एकल पुरुषहरुले पालिकाले मासिक रुपमा १ हजार रुपैयाँ भत्ता दिन थालेपछि निकै खुशी भएका छन् ।