Thursday 22nd May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

प्रतिनिधि सभाको अर्को बैठक फागुन ६ गते बस्ने

Wednesday, February 16, 2022 National Power

काठमाडौं- प्रतिनिधि सभाको अर्को बैठक फागुन ६ गते बस्ने भएको छ। आजको बैठकमा सभामुख अग्नि सापकोटाले अर्को बैठक ६ गते दिउँसो १ बजे बस्ने बताएका हुन्। आजको बैठक सुरू हुनासाथ प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का सांसदहरूले नाराबाजी सुरू गरेका थिए।सभामुख सापकोटाले उनीहरूलाई अवरोध नगरी बैठक चलाउन सहयोग गर्न अनुरोध गरेका थिए।एमाले सांसदहरूले नाराबाजी जारी राखे।

एमाले सांसदको नाराबाजीबीच सभामुख सापकोटाले कानुन मन्त्री दिलेन्द्रप्रसाद बडुलाई थारू आयोगको तेस्रो प्रतिवेदन पेस गर्न अनुमति दिए।कानुन मन्त्री बडुले उक्त प्रतिवेदन पेस गरे।त्यसपछि सभामुख सापकोटाले तीन वटा शोक प्रस्ताव संसदमा पेस गरेका छन्। शोक प्रस्ताव पढ्दा एमाले सांसदले नाराबाजी रोकेका थिए।