Thursday 22nd May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

ढल्कि हिड चमेली भन्दै आए गायक अर्जुन खरेल (भिडियो सहित)

Saturday, February 12, 2022 National Power

काठमाण्डौ – झापाली गायक अर्जुन खरेलको स्वर रहेको ‘चमेली’ गीतको म्युजिक भिडियोको बिर्तामोडमा बिमोचन गरिएको छ । भद्रपुर–१०, चन्द्रगढी निवासी गायक खरेलको पाँचौँ म्युजिक भिडियो ‘चमेली’को साहित्य चौतारी बिर्तामोडका अध्यक्ष हस्त परियार, क्षितिज नाट्य प्रतिष्ठानका अध्यक्ष माधव कल्पित, डाइनामिक ग्रुप नेपालकी अध्यक्ष खगिन्द्रा खुसी लगायतले बिमोचन गरेका हुन् । डाइनामिक ग्रुप नेपालको आयोजनामा भएको कार्यक्रममा उक्त म्युजिक भिडियोको विमोचन गरिएको हो ।
डाइनामिक ग्रुप नेपालकी अध्यक्ष खगिन्द्रा खुसीको अध्यक्षता तथा साहित्य चौतारी बिर्तामोडका अध्यक्ष हस्त परियारको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि परियारले खरेलको गीत चमेलीले चमेली फूलझैं देश विदेशमा चर्चित हुन सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गरे । त्यस्तै, विशिष्ठ अतिथि क्षितिज नाट्य प्रतिष्ठानका अध्यक्ष कल्पितले यो गीतले बालकदेखि बृद्धसम्म सबैको मन जित्नेमा विश्वास व्यक्त गरे ।

कार्यक्रममा गीतको समीक्षा साहित्यकार विवशबलिभद्र कोइरालाले गरेका थिए । उनले गायक खरेलको चमेलीले साँगीतिक क्षेत्रमा इँटा थप्ने बताए ।
कार्यक्रममा गायक खरेलले आफूले १७ वटा भन्दा बढी गीतमा स्वर दिएको बताउँदै चमेलीलाई दर्शक तथा स्रोताले यसअघिका गीतझैं माया गर्ने विश्वास व्यक्त गरे ।
रमेश दर्नालको शब्द र गायक खरेलको स्वर रहेको ‘चमेली’ गीतको म्युजिक भिडियोको छायाँकन इलामको दानाबारी लगायतका स्थानमा गरिएको छ ।गीत एरेन्जर रोहित लिम्बूको रहेको म्युजिक भिडियोमा रंगकर्मी माधव कल्पित, मनोज अधिकारी, कञ्चन चुडाल, राकेश दर्नाल, रोसन कार्कीलगायतको अभिनय रहेको छ ।
कार्यक्रममा ग्रुपका सल्लाहकार एवम् साहित्यकार देवीचरण भण्डारी, व्यवसायी याम खरेल, टीका भट्टराई नेपाल , सुजना खतिवडा, मुना प्रसाईं, सुनिता तामाङ लगायतको सहभागिता रहेको थियो । ग्रुपकी उपाध्यक्ष गीता सुवेदी नेपालले स्वागत गरेको कार्यक्रमको सञ्चालन कोषाध्यक्ष चन्द्रमणि पौडेलले गरेका थिए ।