Tuesday 13th May 2025

    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक    १२ औं म्यूजिक खबर म्यूजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक    कला, संघर्ष र सपनाको संगम- मोडल तथा डान्सर श्री स्वस्थानी तामाङको प्रेरणादायी यात्रा

देउवा-प्रचण्ड फोनवार्ता : एमसीसीलाई लेखेको पत्र सार्वजनिक गरेकोमा आपत्ति

Sunday, February 6, 2022 National Power

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तासाझेदार नेकपा माओवादी केन्द्रका नेताहरुसँग टेलिफोन सम्वाद गरेका छन् ।अमेरिकी सहयोग सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट ९एमसीसी० लाई प्रधानमन्त्री देउवा र प्रचण्डले पठाएको पत्र तथा देउवा र प्रचण्डलाई अमेरिकाले पठाएको जवाफी पत्र सार्वजनिक भएपछि प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्का नेता नारायणकाजी श्रेष्ठसँग टेलिफोनमा कुराकानी गरेका हुन् ।

नेताहरुका अनुसार नेताद्वय प्रचण्ड र श्रेष्ठले एमसीसीलाई लेखेको तथा एमसीसीले लेखेको पत्र सार्वजनिक भएकोमा प्रधानमन्त्रीसमक्ष आपत्ति जनाए । ‘पत्र अहिले सार्वजनिक गर्नुपर्ने त्यस्तो के भयो रु’ भन्ने माओवादी नेताहरुको प्रधानमन्त्री देउवालाई प्रश्न छ । जवाफमा देउवाले आफूले पत्र सार्वजनिक नगरेको जवाफ दिएको जनाइएको छ ।

अनलाइनखबरले आइतबार बिहान प्रधानमन्त्री देउवा र प्रचण्डले एमसीसीलाई पठाएको पत्र सार्वजनिक गरेको थियो । पत्रमा दुबै नेताले एमसीसी अनुमोदन गर्न समय मागेका थिए । सोही पत्र कार्यान्वयन गर्न भन्दै एमसीसीले पनि देउवा र प्रचण्डलाई पत्र पठाएका थिए । जवाफी पत्रमा मागेको समय घर्किन लागेको स्मरण गराइएको छ ।