Tuesday 18th March 2025

    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    पाँचौं संस्करणको एपिक अवार्डमा वसुन्धरा भुसाललाई दीर्घ साधना सम्मान अर्पण    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न

रामजी र लक्ष्मीको ‘एउटा फोटो खिचेर लान्छु है’ (भिडियो)

Wednesday, February 2, 2022 Devil Singh Rajput

काठमाडौँ। गायक रामजी खाड र गायिका लक्ष्मी खड्काको स्वरमा रहेको नयाँ लोक दोहोरी गीत भिडियो सार्वजनिक गरिएको छ। ‘एउटा फोटो खिचेर लान्छु है’ बोलको गीतमा जीबन प्याकुरेलको संगीत तथा शब्द रचना रहेको छ । गीतकार डी. पी. दाहाल परिश्रममीको परिकल्पना एवं संयोजन रहेको गीतको प्रस्तुतकर्ता रिता सिम्खडा दाहाल हुन्।

डिलाईटेड म्युजिक ईष्डष्टीज प्रालिले उत्पादन तथा बितरण गरेकोएउटा फोटो खिचेर लान्छु है’ को भिडियोमा गुरुआमा फिल्मस् प्रा.लिको उत्पादन सहयोग रहेको छ। सार्वजनिक भिडियोको निर्देशन स्मृती तिमिल्सीना ‘गुरुआमाले’ गरेकी हुन्। भिडियोको सम्पादन प्रकाश धमला,छायांकन सुरेश श्रेष्ठको रहेको छ । भिडियोमा रामजी खाड र करिश्मा ढकाल फिचर्ड छन्। भिडियो डिलाईटेड म्युजिक को अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।