Thursday 13th November 2025

    एमसीए–नेपालले निर्माण गर्ने प्रसारण लाइनको दायाँ दायाँका जग्गामा संरचना निर्माण गर्न र रुख रोप्न निषेध    आईआईएफटी स्पेस एण्ड डिजाइन एक्स्पो सम्पन्न रुपमा सम्पन्न    ‘यो नयन’ गीतको म्युजिक भिडियो सार्वजनिक     १४ औँ युरोपेली सङ्घ चलचित्र महोत्सव ठमेलमा हुने    रास्वपाको ११ निर्णय : ४० वर्षमुनिका २७ प्रतिशत युवा उम्मेदवार बन्न पाउने

अमेरिकाले यूएईलाई लडाकु विमान र मिसाइल नष्ट गर्ने युद्धपोत पठाउने

Wednesday, February 2, 2022 National Power

काठमाण्डौ – अमेरिकाले संयुक्त अरब इमिरेट्स ९यूएई० लाई लडाकु विमान र मिसाइल (क्षेप्यास्त्र) नस्ट गर्ने युद्धपोत पठाउने भएको छ । अमेरिकाले यमनका विद्रोहीहरूको आक्रमणको विरुद्ध यूएईको सहयोगका लागि युद्ध विमान र फाइटर जेट पठाउने भएको हो । अमेरिकाका रक्षा मन्त्री लायड अस्टिन र यूएईका क्राउन प्रिन्स (राजकुमार) मोहम्मद बिन जायेद अल नहयानबीच फोनमा भएको वार्तामा अमेरिकाले यस्तो निर्णय गरेको बीबीसीले जनाएको छ ।

अमेरिकी रक्षा मन्त्रालयको तर्फबाट निकालिएको विज्ञप्तिमा दुवै नेताले हुथी विद्रोहीहरूको पछिल्लो आक्रमणको बारेमा चर्चा गरेका बताइएको छ । त्यो आक्रमणमा यूएईका केही नागरिकको ज्यान गएको थियो । हुथी विद्रोहीहरूको आक्रमणका कारण अमेरिका र यूएईका सैनिकको सुरक्षामाथि पनि प्रश्न उठेको पेन्टागनले भनेको छ । अमेरिका यूएईसँग आफ्नो रणनीतिक साझेदारीलाई लिएर प्रतिबद्ध रहेको रक्षा मन्त्री लायड अस्टिनले जोड दिनुभएको छ ।

अमेरिकी रक्षा मन्त्रालयका अनुसार अमेरिकाले मिसाइल नस्ट गर्ने युद्धपोत यूएसएस कोल यूएई पठाउनेछ, जसले त्यहाँको जलसेनासँग मिलेर काम गर्नेछ । अमेरिकी रक्षा मन्त्रीले यूएईका राजकुमारलाई अमेरिकाले सहयोगका लागि फाइटर एअरक्राफ्ट पनि जुटाइरहेको जानकारी दिनुभएको छ । गएको महिना यूएईमाथि हुथी विद्रोहीहरूले ड्रोन आक्रमण गरेका थिए, जसमा तीन जनाको ज्यान गएको थियो ।