Sunday 16th November 2025

    विशिष्ट व्यक्तित्व सम्मानसहित नागरिक समाजको १९ वर्षपूर्ति समारोह सम्पन्न    बुटवलकी रक्षा पन्तले जितिन् मिसेस नेपाल वल्र्ड २०२५ को उपाधि    ‘शरदको तिमी जुन हौ’ सार्वजनिक    छैटौं संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न, मीरा राणालाई दीर्घसाधना सम्मान    एभेन्टोज डिजिटल र म्युजिक नेपालबीच “लोक दोहोरी स्टार” का लागि आधिकारिक सहकार्य सम्झौता

प्रधानमन्त्री र माओवादी अध्यक्ष प्रचण्डबीच भेट

Monday, January 31, 2022 National Power

काठमाडौं-  प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा उहाँहरुबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको माओवादी अध्यक्ष प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले बताउनभयो ।

यसअघि सत्तागठबन्धनका दलहरुबीच स्थानीय तहको निर्वाचन आगामी जेठभित्र गर्ने सहमति जुटेको छ । पछिल्लो समय अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विषय पनि गठबन्धनमा उठ्दै आएको छ ।

तर आजको भेटवार्तामा राजनीतिक विषयमा छलफल भएको शर्माले बताउनुभयो । प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच बिहान साढे १० बजे भेटवार्ता भएको थियो ।