Sunday 18th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

प्रचण्ड र नेपाललाई कांग्रेससँग एकता गर्न महेश बस्नेतको सुझाव

Friday, January 28, 2022 National Power

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पोलिटब्यूरो सदस्य महेश बस्नेतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई नेपाली कांग्रेससँग पार्टी एकता गर्न सुझाव दिएका छन् ।

प्रेस चौतारी चितवनले भरतपुरमा गरेको पत्रकार सम्मेलनमा उनले नेपालमा कांग्रेस र कम्युनिष्ट दुईवटा दलको आवश्यकता रहेको भन्दै प्रचण्ड र नेपाललाई कांग्रेससँग पार्टी एकता गर्न सुझाव दिएका हुन् । ‘देशमा अब च्याँखे थाप्ने दलको काम छैन, यसले विकास र समृद्धि रोकिन्छ’ नेता बस्नेतले भने, ‘ठूला दलका बीचमा खेलेर अस्थिरता सिर्जना गर्ने यस्ता दललाई जनताले पनि साथ दिन हुन्न ।’

उनले पाँच दल मिल्दा पनि एमालेलाई चुनावमा जित्न नसक्ने भयले स्थानीय तहको निर्वाचन सार्ने षड्यन्त्र भइरहेको टिप्पणी गरे । स्थानीय तहको निर्वाचन सार्न संविधानको अपव्याख्या गर्ने काम स्वयं सरकारले गरिरहेको नेता बस्नेतले बताए । स्थानीय तहको निर्वाचन नगर्ने षड्यन्त्रका विरुद्ध एमाले आन्दोलनमा जाने नेता बस्नेतको भनाइ छ । उनले सरकार र त्यसको नेतृत्व सबैतिर असफल भएको आरोप लगाए ।