Sunday 18th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

मौनी रायले गरिन् प्रेमी सुरजसँग विवाह

Friday, January 28, 2022 National Power

काठमाडौं – बलिउड अभिनेत्री तथा टेलिभिजन स्टार मौनी राय वैवाहिक जीवनमा बाँधिएकी छन् । उनले बिहीबार आफ्ना प्रेमी सुरज नाम्बियारसँग गोवामा विवाह गरेकी हुन् ।

दुवैका परिवारका सदस्य र नजिकका साथीहरुको उपस्थितिमा मलयाली र बंगाली रीतिरिवाजअनुसार उनीहरुको विवाह भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सुरज दक्षिण भारतीय हुन् । टीभी सिरियलकी ‘नागिन’को रुपमा चर्चित मौनी र सुरजको विवाहका तस्वीरहरु सामाजिक सञ्जालमा शेयर भइरहेका छन् ।

 

मौनीले सन् २००७ मा एकता कपूरको प्रसिद्ध सिरियल ‘क्योंकि सास भी कभी बहू थी’बाट करिअर शुरु गरेकी थिइन् । उनले सन् २०१८ मा अक्षय कुमारको जोडी बनेर चलचित्र ‘गोल्ड’बाट बलिउडमा डेब्यु गरेकी हुन् ।

 

सुरज एक इन्भेष्टमेन्ट बैंकर हुन्, उनी दुबईमा बस्दै आएका छन् । विवाहका लागि मौनी सोमबार मुम्बईबाट गोवा पुगेकी थिइन् ।