Monday 13th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

डब्बु र सानुबाबुको गजलमा तिम्रो याद

Thursday, January 27, 2022 National Power

काठमाडौं-मुलुकमा कोरोना महामारी बढे पनि गीत संगीत रिलिजको क्रम रोकिएको छैन । यसै क्रममा यतीबेला नयाँ गजल ‘तिम्रो याद।।।’को भिडियो बजारमा आएको छ । गजलमा गायक सानु बाबु महर्जनको स्वर रहेको छ । जसमा संगीत भने अग्रज संगीतकार जुगल डंगोलले दिएका छन् । यो गजलको भिडियो हाईलाईट नेपालको अफिसियल च्यानलबाट सार्वजनिक भएको हो ।
ब्राइटर तिम्रो सुर मेरो गीत।।।का फाईनलिस्ट बनेका महर्जन एक समय गायनमा निकै चर्चामा थिए । आधा दर्जन गीतिसँग्रह ल्याईसकेका महर्जनको स्वरमा यो गजल निकै मेलोडी बनेको छ ।
‘अनायसै तिम्रो याद आईरह्यो रातभर
मनमा नौलो हलचल छाईरह्यो रातभर।।।’
गजललाई गजलकार डब्बु क्षत्रीले लेखेका हुन् । उनका झरी, गुवाली स्वरहरु जस्ता गजलसँग्रह नै छन् । युगल प्रेमीको अथाह प्रेम भावलाई यो गजलमा समेटिएको गजलकार डब्बु क्षत्रीले बताएका छन् । यो गजलको भिडियो पनि क्षेत्रीले नै निर्देशन र सम्पादन गरेका हुन् ।
डब्बु क्षत्रीले यस अघि झरी सम्बन्धि सबै गजल समेटेर गजल सँग्रह ‘झरी’ बजारमा ल्याएका थिए । जसमा आधा दर्जन गजल थिए । त्यसपछि उनले ल्याएको अर्को गीत तथा गजल सँग्रह ‘गुलावी स्वरहरु’मा पनि केही गजलहरु छन् ।
यी वाहेक उनका अर्को फुटकर गजल पनि आयो । गजलबाटै म्युजिक खबर म्युजिक अवार्ड, सुन्दरादेवी सन्देश म्युजिक अवार्ड जितेका डब्बु क्षत्री नयाँ गजल ‘तिम्रो याद।।।’ बाट पनि निकै आशाबादी छन्,‘रोमान्टिक भावको यो गजल सबै उमेर र बर्गका श्रोताहरुलाई मन पर्नेछ । अझ तन्नेरी पुस्तालाई लक्षित गरेर भिडियोमा पनि किशोर किशोरीलाई अभिनय गराएको छु ।’ क्षत्रीले भने ।
यो गजलमा कलाकार निश्चल बिक्रम पौडेल र सृष्टी कडरीयाले अभिनय गरेका छन् । यो गजलको भिडियोलाई मिलन शँकरले खिचेको हुन् । जसमा सुवास बुढाथोकीको कोरियोग्राफी र वीरेन्द्र भाट ‘बिपिन’ को रँग सँयोजन रहेको छ । भिडियोलाई पोखराका विभिन्न रमणीय स्थलमा छायाँकन गरिएको छ ।