Tuesday 19th March 2024

    भिक्षु डा.लामाको अध्यक्षमा युएनआईपि नेपाल च्याप्टर स्थापनासहित पदस्थापना    चैत्र ७ देखी १० गते सम्म नेपाल–युरोपियन युनियन फिल्म फेस्टिभल हुँदै    द नेशनल डिजाईनर रनवे २०२४ को उपाधी विजेतामा अस्मिता श्रेष्ठ    Asmita Shrestha bags the title of ‘The National Designer Runway 2024’    मास्टर एण्ड मिस सूदुर पश्चिमान्चल २०२४ सम्पन्न

गायक रेवती घिमिरेको जाला जोबन सार्बजनिक हेर्नुहोस

Wednesday, January 19, 2022 National Power

काठमाण्डौ – गायक रेवती घिमिरेको जाला जोबन सार्बजनिक भएको छ । संगीता घिमिरेको शब्द रहेको उक्त गीतमा  गायक रेवती घिमिरे र समिक्ष्या अधिकारीले आवाज दिएका छन् । उक्त गीतको भिडियोमा चर्चित कलाकार कुन्जना घिमिरे (सुन्तली) र सागर लम्साल (बले) ले अभिनय गरेका छन् भने गीतलाई संगीत तथा एरेन्ज राजेन्द्र बजगाइले  गरेका हुन् । कमल थापा र गोबिन्द बिकले उक्त गीतको रेकर्डिङ्ग गरेका हुन् भने श्यामश्वेत रसार्इलीले र किरण सुनारले गीतलाई मिक्सिंग गरेका हुन् ।

गीतमा रिदम गितार सन्जिब बराइली, बासुरी रत्न बिक , रिदम भुवन गन्धर्व , कोरस राजेन्द्र बजगाई र सबिन सुबेदी, मुवामा बिमला तामाङ्ग ले साथ दिएका छन् । उक्त गीतको सिनेमेटोग्राफर नवराज उप्रेती रहेका छन् ।  गम्भीर विष्टको डाइरेक्सन तथा कोरियोग्राफ रहेको उक्त गीतमा शुभम भुजेलले सहायक कोरियोग्राफरको भुमिका निर्वाह गरेका छन् । उक्त गीतलाई नबिन निरौलाले कलारिंग र सम्पादन गरेका हुन् भने गीतका फोटोग्राफर मनिष पौडेल रहेका छन् । प्रोडक्शन म्यानेजरका रुपमा शम्भु श्रेष्ठ रहेका छन् । प्रिज्मा रेकर्डिङ्ग स्टुडियोमा गीतको रेकर्डिङ्ग गरिएको हो ।