Thursday 20th March 2025

    आजदेखि आठौं संस्करणको निफ महोत्सव    हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मेलन २०८१ भव्य रूपमा सम्पन्न    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    एपिक अवार्डमा शोभा पाण्डे, सुष्मा शाही ठकुरी र अमृत खाती उत्कृष्ट    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक

सर्वोच्चमा सेवा कटौतीको गृहकार्य, पूर्ण बैठक बोलाइयो

Tuesday, January 18, 2022 National Power

काठमाडौं – कोरोना संक्रमणको तेस्रो लहर फैलिएपछि सर्वोच्च अदालतले सेवा कटौतीको गृहकार्य थालेको छ । त्यसका लागि आज दिउँसो सर्वोच्च अदालतको पूर्ण बैठक बोलाइएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा बैठकमा सहभागी नहुने भएका छन् । अरु न्यायाधीशहरुले सेवा कटौतीको निर्णय गर्ने र त्यसमा पछि प्रधानन्यायाधीश जबराले समेत हस्ताक्षर गर्ने तयारी गरिएको स्रोतले बतायो ।

यसअघि दुई पटकको लहरमा पनि सर्वोच्च अदालतले सेवा कटौती गरेर सीमित मुद्दामा मात्रै सुनुवाइ गरेको थियो । संक्रमण फैलिएपछि नेपाल बार एसोसिएसनले पनि २५ जना कानून व्यवसायीहरुलाई सीमित गरेर प्रधानन्यायधीश विरुद्धको आन्दोलनलाई निरन्तरता दिएको छ ।