Tuesday 18th March 2025

    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    पाँचौं संस्करणको एपिक अवार्डमा वसुन्धरा भुसाललाई दीर्घ साधना सम्मान अर्पण    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न

सुदूरपश्चिम प्रदेशमा माघ २ गते सार्वजनिक विदा

Friday, January 14, 2022 National Power

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले माघ २ गते सार्वजनिक विदा दिएको छ । माघी पर्वको अवसरमा भन्दै प्रदेश सरकारले सुदूरपश्चिममा थप एक दिनका लागि सार्वजनिक विदा दिएको जनाएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी लक्ष्मी जोशीले माघी पर्वका लागि प्रदेश सरकारका तर्फबाट आइतबार थप एक दिन विदा दिइएको जानकारी दिए । उनकाअनुसार माघ १ गते संघीय सरकारले नै विदा दिने गरेकाले प्रदेश सरकारले थप एक दिन विदा दिँदै आएको छ । सुदूरपश्चिममा पहाडी समुदायले माघ १ गतेलाई मकर संक्रान्ति पर्व (नरहरी) र तराईमा बसोबास गर्ने थारु समुदायले माघी पर्व मनाउने गरेका छन् ।