Saturday 13th December 2025

    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट

शेयर बजारमा ५४ अंकको सुधार

Thursday, January 13, 2022 National Power

काठमाडौं – साताको अन्तिम दिन बिहीबार शेयर बजारमा उच्च अंकको सुधार भएको छ । बुधबार ३० अंकले घटेको शेयर बजार बिहीबार ५४ अंक भन्दा बढीले बढेको छ । नेप्से परिसूचक ५४ दशमलव १२ अंकले बढेर २ हजार ८ सय ५७ दशमलव ७५ अंकले बढेको छ ।

शेयर कारोबार रकम भने घटेको छ । बुधबार ८ अर्ब माथिको शेयर कारोबार भएकोमा बिहीबार ७ अर्ब पनि पुग्न सकेन । दिनभर भएका करिब ६६ हजार कारोबारबाट २२४ कम्पनीका १ करोड १६ लाख कित्ता हाराहारीमा शेयर किनबेच भएको छ । जसअनुसार कारोबार रक ६ अर्ब ६६ लाख ९७ हजार रुपैयाँ माथिको शेयर कारोबार भएको छ ।